काम खोज्दै खोटाङ पुगेका सिरहाका सदा मृ’त फेला

खोटाङ, १९ फागुन । ज्यालादारी कामका लागि खोटाङ पुगेका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृ’त फेला परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका क्रममा लेवरको काम गरिरहेका सदा शुक्रबार बिहान सुतेकै ठाउँमा मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । 

दुई तीन दिनदेखि बिरामी परेका सदा बिहीबार भने काममा जान सकेका थिएनन् । नियमित जाँडरक्सी सेवन गर्ने सदा बिहिबार बेलुका मकै खाएर सुतेका थिए । उनले राती वान्ता पनि गरेको खुलेको प्रहरीले जनाएको छ । मजदुरको काम गर्दै आएका सदा मुढेका राजकुमार तामाङको घरमा बस्दै आएका थिए । 

पाथीभरा पदमार्ग ः ‘डस्टबिन’ रित्तो, आसपासमा फोहरको थुप्रो
– सन्तोष पुर्कुटी
ताप्लेजुङ, १९ फागुन (रासस)ः पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए । तर फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन् । विभिन्न खानेकुरा, पेयपदार्थका खोल, बोतल तथा मोजालगायत फोहरजन्यवस्तु पदमार्गको आसपासमा फालिएका पाइन्छन् ।

पदमार्गमा यसरी फोहर बढ्नुमा पाथीभरा दर्शन र सो क्षेत्रमा घुमघामका लागि आउने पर्यटकको लापरबाही प्रमुख कारण भएको सामाजिक अभियन्ता रमेश दाहालले बताउनुभयो । “नजिकै डस्टबिन हुँदाहुँदै बाटोमा खानेकुरा र पेयपदार्थका खोल तथा मोजा फालेर जथाभावी फोहर गर्ने गरेको पाइएकाले मन्दिरसँग सम्बद्ध सङ्घसंस्थाका साथै सरोकारवाला निकायले यस्तो कार्यमा रोक लगाउनुपर्छ”, उहाँले भन्नुभयो । धार्मिक तथा पर्यटकीय क्षेत्रमा यसरी जथाभावी फोहर फाल्नाले यहाँको वातावरणका साथै प्रकृतिमा समेत प्रतिकूल असर पुग्ने दाहालको भनाइ थियो ।

पदमार्गमा जम्मा भएको फोहरको उचितरुपमा व्यवस्थापन नभएको पाथीभरा दर्शनका लागि आउनुभएका विष्णुप्रसाद आचार्यले बताउनुभयो। “अन्यत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहर फाल्नेलाई नियम बनाएरै नियन्त्रण र नियमन गर्ने परिपाटी छ, तर यहाँ त्यस्तो केही देखिएन, यसमा सबैको ध्यान जान आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार बस्ती आसपासमा पनि घरबाट निस्कने फोहरको सङ्कलन र व्यवस्थापन नभएको देखिएको छ । यात्राका क्रममा विभिन्न ठाउँमा टिनका टुक्रा, रक्सी तथा बियरका बोतल, प्लाष्टिकजन्यवस्तु यत्रतत्र देखिएको आचार्यको भनाइ थियो । यस क्षेत्रका व्यापारले समेत जथाभावी फोहर फाल्ने गरेको उहाँले बताउनुभयो । पाथीभरा क्षेत्रको माथिल्लो भागमा फोहर न्यून भए पनि बस्तीभन्दा तलको भागमा फोहजन्यवस्तु अत्यधिक देखिएको पाथीभरा दर्शन गरेर फर्किनुभएका एक दर्शनार्थीले बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा क्षेत्रमा रेडपान्डासहितका वन्यजन्तु पाइन्छन् । यसलाई लोपोन्मुख हाब्रे (रेडपान्डा) को चरन र उचित बासस्थानका रुपमा लिने गरिएको छ । यसरी यस क्षेत्रमा फोहर बढ्नुले यहाँका बोटबिरुवा र जनावरलाई नकारात्मक असर पुग्ने देखिएको सरोकारवालाले बताएका छन् । फोहरकै कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाई असर गर्ने वातावरण संरक्षणकर्मी बताउँछन् ।

यहाँ मासुजन्य फोहरका साथै खानेकुराहरु जथाभावी फाल्दा त्यहाँ कुकुर पुग्ने र रेड पान्डा कुकुरको आक्रमणमा पर्ने खतरा बढेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । “जथाभाबी खानेकुरा र मासुजन्य फोहर फाल्दा कुकुरहरु आउने जाने र त्यो समयमा रेडपान्डा आक्रमणमा पर्ने समस्या देखिन्छ, कुकुरकै आक्रमणले पाथीभरा क्षेत्रमा रेडपान्डा मरेका घटना पनि छन्”, उहाँले भन्नुभयो ।

मन्दिरमा बलि दिएर ल्याइएको पाठापाठीको मासुबीच बाटोमै खाने, सफा नगरी छोड्ने गर्नाले भुस्याहा कुकुरहरु आउने र रेडपान्डालाई आक्रमण गर्ने गरेको राईले बताउनुभयो । यस क्षेत्रका व्यवसायीले जथाभावी कुकुर पाल्न नहुने तथा फोहर पनि व्यवस्थित तरिकाले सङ्कलन गर्नुपर्ने उहाँको भनाइ थियो ।

कुहिने र प्लास्टिकजन्य वस्तुले माटो प्रदूषण भई हानिकारक रसायन निस्कने, हावामा हानिकारक ग्यास फैलने तथा पानीका स्रोतसमेत फोहर हुने भएकाले व्यवस्थित रुपमा फोहर सङ्कलन गनुपर्नेमा स्थानीयवासीले जोड दिए । फोहरले वातावरण र प्रकृतिमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको उचित व्यवस्थापन हुन नसकेको यहाँ आउने पर्यटकले गुनासो गरेका छन् । फोहरको उचित व्यवस्थापन भएमा दैनिक सयौँको सङ्ख्यामा पाथीभरा आउने धार्मिक पर्यटकलाई सहज हुने उनीहरुको भनाइ थियो ।

यहाँको फोहर व्यवस्थापनका लागि पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । “ठाउँठाउँमा डस्टबिन राख्ने, समय–सयममा कर्मचारी खटाई सरसफाइ गर्ने गरिएको छ । यहाँ आउने जाने तीर्थयात्रीले प्रायः डस्टबिनको प्रयोग नगरेको पाइन्छ, फोहर गर्नु हुँदैन भन्ने चेतना सबैमा हुनुपर्छ, सीमित व्यक्ति र संस्थाको मात्रै प्रयासले पुग्दैन्”, उहाँले भन्नुभयो । पछिल्लो समय हिउँ परेकाले पनि फोहर उठाउन समस्या भएको अध्यक्ष थेबेको भनाइ थियो ।

वातावरणलाई स्वच्छ राख्दै पाथीभरामा आउने जाने धार्मिक पर्यटकलाई सहज बनाउने आफूहरुको प्रयास निरन्तर हुने समितिका उहाँले बताउनुभयो । अलौकिक शक्तिपीठका रुपमा मानिने पाथीभरामा स्वदेशी र विदेशी गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरका छन् । नेपालसहित भारतका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति हुने गरेको छ । विशेषगरी दसैँको समयमा भक्तजनको भीड लाग्ने गर्दछ । माघदेखि बैशाखसम्मको समयलाई पाथीभरा आउने मुख्य यामका रुपमा लिइन्छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।