एमालेको मिशन ग्रासरुट अभियान अन्तरगत धनकुटाको सहिद भुमिगाउँपालिका वडा नं ६ को टोल स्तरीय कार्यकर्ता भेला सम्पन्न

धनकुटा । नेकपा एमालेको मिशन ग्रासरुट अभियान अन्तरगत धनकुटाको सहिद भुमिगाउँपालिका वडा नं ६ को टोल स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

वडाको घर्तिनीबारी, बरबोटे,ठुलो गाउँ ,सहर,पोक्ला,थलथले, सुकेआहाल र माम्फिङमा पुगेर नेताकार्यकर्ता तथा जनताहरुसंग भेटघाटका साथमा टोल स्तरीय भेला सम्पन्न गरेको वडा कमिटी अध्यक्ष केशव राईले जानकारी दिनुभयो ।

अभियानका क्रममा पार्टी सदस्यको सदस्यता नवीकरण, सदस्यता विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गरेका हो । जनप्रतिनिधि र पार्टी बिच सम्बन्ध सुधारका लागि सुझाव संकलन गरिएको उहाँले बताउनुभयो ।

सल्लाह सुझाव संकलन गर्ने क्रममा पार्टीको लागि जुन वर्गका मानिस योद्वाले रगत पसिना बगाएर अनेक सङ्घर्ष गर्यो, त्यो वर्ग अहिले साथमा छ कि छैन भन्ने कुरामा गम्भीर बन्न आवश्यक रहेको र पार्टीको कार्यक्रम वर्ग विश्लेषणमा आधारित हुनुपर्ने , अबको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउन गुटगत मानसिकता त्यागेर अघि बढ्नु पर्ने, जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्नुपर्ने , संख्यात्मकलाई गुणात्मकमा परिवर्तन गर्नु पर्ने ,विभिन्न समयमा राजनीति परिवर्तनका लागि योगदान गरेका बलिदान दिएकाहरुको सम्मान र कदर हुनुपर्यो भन्ने जनता तथा नेताकार्यकर्ता बाट सल्लाह सुझाव आएका छन् ।

सुझाव संकलनका क्रममा आएका कुराहरुलाइ केन्द्रीय राजनीतिक सम्म पुर्याउनु पर्नेमा अभियानका अभियान्ता नेताहरूलाई जोड दिएका थिए । अभियानका क्रममा युवा संघका जिल्ला ईन्चार्ज प्रमुख अभियान्ता रुपमा कला राई , पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख मनोज राई , जिल्ला कमिटी सदस्य रस्मिता राई , निरेन राई , मालाति मोक्तान , पालिका कमिटी सचिव हेमकुमार राई , पालिका कमिटी सदस्य दिवानि राई , सुरेन्द्र राई , युवा संघका निरन राई , राजेन्द्र राई ,वडाकमिटी सचिव खगेन्द्र भण्डारी लगायत पार्टीका अग्रज , प्रदेश , जिल्ला ,पालिका ,वडा कमिटी ,विभिन्न जनसंगठनका प्रमुख तथा प्रतिनिधिको टोलि अभियानमा सहभागी थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।