स्थानिय स्तरको विकास निर्माण र संगठन विस्तार बारे कांग्रेस नेता कार्यकर्ताबीच छलफल
धनकुटा । नेपाली कांग्रेसले आज जिल्लाको दुई पालिकाका नेता,कार्यकर्ताहरुसँग पार्टीको संगठन विस्तार र स्थानिय स्तरको विकास निर्माण लगायतको विषयमा छलफल गरेको छ ।
धनकुटाको चौविसे र सागुरीगढी गाउँपालिकाका स्थानिय स्तरका नेता कार्यकर्ताहरु सँग पार्टीका जिल्ला र केन्द्रिय स्तरका नेताहरुले उल्लेखित विषयमा छलफल गरेका हुन् । चौविसेको राजारारानी,बोधे,मौनावुधुकमा पार्टीका चौविसे गाउकार्य समिति सभापति बिजु राई लगायतका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गरी छलफल गरिएको जनाईएको छ ।
त्यस्तै पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य सुनिल वहादुर थापा, जिल्ला सभापति दिनेश राई,सचिव विजय सन्तोषी राई,यूवा नेता सिदार्थ थापा, पूर्व महासमिति सदस्य असित नर सिंह थापाले सागुरीगढी गाउपालिका वडा नं २ र ३ का नेताहरु कार्यकर्ताहरुसँग छलफल गरेका छन् । छलफलको क्रममापूर्व जिल्ला सदस्य मान प्रसाद ईङ्गनाम,सागुरीगढी गाउपालिका वडा नं २ का वडाध्यक्ष योगेन्द्र ईवाहाङ्ग,वडा नं ४ का सभापति प्रिति लिम्बु , वडा नं २ का नेताहरु किशोर लिम्बु,पुजन लिम्बु,राजेन्द्र लिम्बु लगायतले नयाँ रणनीतिका साथ नेपाली कांग्रेसले संगठन विस्तार गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।
बोधे र मौनावुधुकका स्थानीय नेताहरु मेघ वहादुर थापा,गजेन्द्र खतिवडा,पदम राई,गजेन्द्र वस्नेत ,रत्न राई,हर्कमाया राई ,संगिता वराल प्रेम विश्वकर्मा लगायतलले स्थानिय स्तरको विकास निर्माणमा सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस धनकुटाले गाउलाई केन्द्रित गरेर संचालन गरेको छलफलले स्थानीय स्तरका नेता कार्यकर्ताहरुमा नयाँ उत्साह र उर्जा थपिएको जनाईएको छ ।


