उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

ओखलढुङ्गा, ६ चैत (रासस) : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक योजना उत्पादनसँग जोडिने र आर्थिक विकासमा टेवा पुग्ने गरी बनाउन निर्देशन दिनुभएको हो ।

दुर्गमको विकास पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले आधारभूत आवश्यकता पूरा नभएकै कारण नागरिक बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था सुधार हुने गरी योजना तर्जुमा गर्न निर्देशन दिनुभयो । उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

“प्रदेशको समृद्धिका लागि दुर्गमको विकास पहिलो प्राथमिकतामा राखिनेछ । यहाँ जिल्लामा योजना तर्जुमा गर्दा बढीभन्दा बढी नागरिकले लाभ लिने गरी उत्पादनसँग जोडिएका योजना बनाएर प्रदेशमा पठाउनुहोला”, उहाँले भन्नुभयो, “कृषिको व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्नेछ । पूर्वाधार निर्माणका कामलाई पनि उत्पादनसँग जोडौँ ।” देश विकासका लागि आर्थिक विकासको लक्ष्य हासिल गर्ने गरी कर्मचारी संयन्त्रले काम गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

देशमा राजनीतिक स्थायित्व नभएकाले सरकारहरू अस्थिर भए पनि कर्मचारी संयन्त्रले जिम्मेवारपूर्वक काम गर्नुपर्ने उहाँको भनाइ छ । जिल्ला जिल्लामा पुगेर आफैँले आवश्यकता पहिचान गरेकाले आगामी वर्ष प्रदेशको बजेट नागरिकको मागमा केन्द्रित ल्याउने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीलाई अख्तियार दुरुपयोगको सवालमा निष्पक्ष भएर काम गर्न र विकास निर्माणका आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिनुभयो ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले कार्यालयहरूको प्रगति र प्राथमिकताबारे मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए । बजेट अभावका कारण योजनाहरू अघि बढाउन समस्या भएको कर्मचारीहरूले जानकारी गराएपछि मुख्यमन्त्री कार्कीले थालिएका योजना बजेट अभावका कारण अधुरो छाड्न नमिल्ने बताउनुभयो । प्रदेश सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न बजेट व्यवस्था गर्ने उहाँको भनाइ थियो ।

ओखलढुङ्गामा तीन दिन बसेर आठवटा योजनाको शिलान्यास, हस्तान्तरण र उद्घाटन गरेर मुख्यमन्त्री कार्की विराटनगर फर्कनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।