नेपाली कांग्रेस धनकुटाले वडा, पालिका, क्षेत्र र जिल्ला सम्मेलन बैशाख अन्तिमसम्म सक्ने

धनकुटा । नेपाली कांग्रेस धनकुटाले वडा, पालिका, क्षेत्र र जिल्ला सम्मेलन बैशाख अन्तिमसम्म सक्ने निर्णय गरेको छ । सोमबार धनकुटामा बसेको पार्टीको जिल्ला समिति बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार यही चैत्र ११ गते वडा सम्मेलन र बैसाख दोस्रो साता पालिकाहरुको सम्मेलन, तेस्रो साता क्षेत्र र जिल्ला सम्मेलन गर्ने तयारी गरिएको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईको अध्यक्षतामा सम्पन्न बैठकले महामन्त्री गगन कुमार थापाबाट जिल्ला सम्मेलनको समुदघाटन गर्ने निर्णय भएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

बैठकले चैत्र ११ गते एकै दिन जिल्लाका ६० वटै वडाहरुमा वडा सम्मेलन गर्ने, बैसाख ९ गते एकै दिन सात वटै पालिकाहरुको पालिका सम्मेलन,वैसाख १६ गते प्रदेश सभा दुबै निर्वाचन क्षेत्रको क्षेत्रिय अधिवेशन गर्ने निर्णय भएको सहसचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । त्यपछि बैशाख २३ गते भव्य रुपमा जिल्ला सम्मेलन गरिने निर्णय भएको छ ।

पार्टीको विधान अनुसार प्रत्यके ६-६ महिनामा वडा सम्मेलन र पालिका ,क्षेत्र र जिल्ला सम्मेलन एक-एक बर्षमा गर्ने व्यवस्था भएकोले वडा तह देखी जिल्ला सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

वडा तथा पालिका सम्मेलनमा सवै वडाका क्रियाशिल सदस्य,जननिर्वाचित प्रतिनीधि,भातृसंस्था तथा शुभेच्छुक संस्थालाई अनिवार्य उपस्थित गराई पार्टी संगठन विस्तार तथा सुदृढीकरणका लागि छलफल गर्न, विकास निर्माण लगायत अन्य विषयमा छलफल गर्न, निर्वाचनको समिक्षा गर्न र जनप्रतिनीधिले गरिरहेको कामको विषयमा छलफल र समिक्षा गर्न निर्देशन दिएको अर्का जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताउनु भयो ।

क्षेत्र र जिल्ला सम्मेलनमा सवै क्षेत्रिय प्रतिनिधिहरु,भातृ संस्था र शुभेच्छुक संस्थाका क्षेत्र र जिल्ला कार्य समितिलाई अनिवार्य सहभागीता गराउने निर्णय भएको पाटी प्रवक्ता खगेन्द्र घिमिरेले वताउनु भयो । जिल्ला सम्मेलनको अवसरमा पूर्व जिल्ला सभापती सहित अग्रज, जेष्ठ कांग्रेसहरुलाई सम्मान गर्ने पनि निर्णय भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।