सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ, ७ चैत (रासस) : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयक्त लगानीमा विराटनगर–१७ रानी भन्सार एक नम्बर गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्दै उहाँले भन्नुभयो, “सरकारले गर्ने लगानीले उत्पादन वृद्धि गर्नुपर्छ ।”

मुख्यमन्त्री कार्कीले सरकारले निर्माण गर्ने संरचना र परियोजनाको लगानीले मुख्यरुपमा उत्पादन वृद्धि, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन एवं रोजगारको प्रबन्ध गर्नुपर्ने प्रष्ट पार्नुभयो । उहाँले सरकारले निर्माण गर्ने संरचनाको सौन्दर्यकरण भएमा आम नागरिकले प्रचारप्रसार गरी गर्वको अनुभूति गर्ने विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँचभित्र गरिने विकासका कार्यले जनताले सुखद अनुभूति गर्ने बताउनुभयो । सरकार अब कुनै किसिमको अलमलमा नलाग्ने उल्लेख गर्दै उहाँले सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोक्ने बताउनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागार्इंले प्रदेशमा विकासका कार्यले गति लिन सुरु गरेको दाबी गर्दै प्रदेशको विविध क्षेत्रको झल्को दिनेगरी द्वारको निर्माण गरिने जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर बनाउन तीव्र रुपमा कार्य भइरहेको र आगामी दुई वर्षभित्र जनताले नयाँ नगरको रुपमा अनुभूति गर्ने धारणा राख्नुभयो । सहरी विकास तथा भवन कार्यालयका रुद्रनारायण मिश्र, नेपाल उद्योग परिसङ्घका भीम घिमिरेले निर्माण गरिने संरचना गुणस्तरीय एवं समय सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त पुल एवं स्वागतद्वार निर्माणका लागि प्रदेश सरकारको ७०, महानगरको २५ र सङ्गठनको पाँच प्रतिशत गरी रु छ करोड २५ लाख २४ हजार नौ सय ४४ मा ह्यावीट्याट–आशिसदीप जेभी भद्रपुरले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।