एमाले धनकुटाको मिशन ग्रासरुट अभियानका अभियन्ताहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । नेकपा एमाले धनकुटाको मिशन ग्रासरुट अभियानका अभियन्ताहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका पूर्व मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियान्ताहरुलाई अभियानकाबारेमा प्रशिक्षण दिईएको छ । धनकुटा जिल्लाका प्रमुख अभियान्ताहरु पार्टीका केन्द्रिय सदस्य,जीवन घिमिरे, लक्ष्मी गौतम, कोशी प्रदेश सचिवालय सदस्य मुरारी सुवेदी, जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुलीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जनसंगठन परिचालन सम्बन्धि पार्टीको नीतिगत व्यवस्था,समाजवादको आधार निर्माण, समाजवाद निर्माणका लागि बाँधक पक्ष,जबजलाई तल्लो तहसम्म पुर्याउने,जबजको कार्यनीति, संगठनात्मक अवस्था,दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजक्ताको प्रमुख चुनौती बारेमा प्रशिक्षण दिईएको छ ।

पार्टी नेतृत्व,मातहतका कमिटी,जनवर्गीय पेशागत संगठनहरुको विषयमा पनि अभियान्ताहरुलाई प्रशिक्षण दिईएको नेकपा एमाले धनकुटाले जनाएको छ । फागुन ५ गतेबाट धनकुटामा नेकपा एमालेको मिशन ग्रासरुट अभियान चलिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।