युवासंघको आयोजनामा धनकुटामा रक्तदान कार्यक्रम

धनकुटा,१३ चैत । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपालले धनकुटामा आयोजना गरेको रक्तदान कार्यक्रमको ५५ जनाले रक्तदान गरेका छन् । युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर धनकुटाको मदनचोकमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि धनकुटाको संयोजन र सुनसरी रक्तसंचार केन्द्रको प्रबिधिक सहयोगमा गरीएको रक्तदानमा ५५ पाउण्ड रगत जम्मा भएको थियो । कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र स्थानियबासीले रक्तदान गर्नु गरेका थिए । रक्तदान गर्नु भनेको जीवन दान गर्नु सरह भएकाले कार्यक्रमको आयोजना गरीएको युवा संघका धनकुटा अध्यक्ष प्रविण पोख्रेलले बताउनु भयो ।

रक्तदान कार्यक्रम उत्घाटन प्रदेश सभा सदस्य ईन्द्रमणि पराजुली गर्नु भएको थियो ।

यो पनि…
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
लुम्बिनी, १३ चैत (रासस) :लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिक प्रगति समीक्षा आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षामा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा विषयगत मन्त्रालयले हालसम्म हासिल गरेका उपलब्धि र भावी कार्यक्रमको समीक्षा गरिने प्रवक्ता आचार्यको भनाइ छ । कार्यक्रममा मुख्यमन्त्री लीला गिरीले योजना कार्यान्वयनमा केन्द्रित हुन मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री गिरीले प्रदेश सरकारको हालसम्मको प्रगति चिन्ताजनक रहेकाले सरकारको अबको ध्यान योजना कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । “सरकारले हालसम्म हासिल गरेको लक्ष्य चिन्ताजनक छ, यसलाई सुधार गर्नेतर्फ सरकारका सबै निकाय लाग्नुहोस् ।” उहाँले भन्नुभयो, “जनताले महसुस गर्ने खालको विकास गर्नेतर्फ हाम्रा योजना केन्द्रित हुनुपर्दछ ।”

परिणाम निस्कने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गिरीले कुनै समय शत्प्रतिशत उपलब्धि हासिल गर्ने प्रदेशका रुपमा रहेको प्रदेशको विगतको पहिचान पुनः फर्काउने गरी काम गर्न निर्देशन दिनुभयो ।

समीक्षा कार्यक्रममा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले मन्त्रालयको प्रगति विवरण पेस गर्नुभएको थियो । चालु आर्थिक वर्षमा रु पाँच अर्ब ३९ करोड १२ लाख ५७ हजारको बजेट विनियोजन गरेको भन्दै सचिव अन्सारीले रु एक अर्ब ८९ करोड ५४ लाख ११ हजार खर्च भएको बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले हालसम्म ३५ दशमलव १६ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले हालसम्म २४ दशमलव ६८ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयका सचिव लालबाबु कवारीले रु ६८ करोड १६ लाख ६४ हजार बजेट विनियोजित बजेटमध्ये हालसम्म रु १६ करोड ८२ लाख ६५ हजार बराबरको बजेट मात्रै खर्च गरेको जानकारी दिनुभयो ।

त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले मन्त्रालयले ३५ दशमलव ४८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मन्त्रालयले रु दुई अर्ब ८१ करोड ५२ लाख ५४ हजारको बजेट विनियोजन गरेको भन्दै सचिव पन्थले हालसम्म रु ९९ करोड ८८ लाख ७३ हजार मात्र खर्च भएको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले मन्त्रालयले २७.७० प्रतिशत बजेट खर्च गरेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मन्त्रालयले रु १२ अर्ब ८० करोड ९५ लाख ९० हजारको बजेट विनियोजन गरेको भन्दै सचिव श्रेष्ठले हालसम्म रु तीन अर्ब ५४ करोड ८३ लाख ५८ हजार बराबरको बजेट मात्र खर्च भएको जानकारी दिनुभयो ।–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।