समयसिमा भित्र पालिकामा ग्रासरुट सक्न नेताहरुको सुझाव
नारायण कुमार राई/धनकुटा,१३ चैत्र । नेकपा एमालले देशैभरी संगठन सुदृढिकरण गर्न सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान तोकीएको समयमा पुरा गर्न नेकपा एमाले सहिदभूमि गाउँपालिका कमिटीलाई नेताहरुले सुझाव दिएका छन् ।
गएको फागुन ५ गते बाट देशैभरी एक साथ शुरु भई बैसाख ५ गते समापन हुनेगरी शुरु भएको अभियान अन्तर्गत धनकुटाका ७ स्थानिय तहको ६० वडा र टोलहरुको अभियान पुरा हुने चरणमा छ ।
अब पार्टीको बिभिन्न जनवर्गिय संगठनहरु संगको अभियान बाँकी रहेको जिल्ला कमिटी अध्यक्ष ईन्दमणी पराजुलीले जानकारी दिनुभयो ।
आईतबार नेकपा एमाले सहिदभूमि गाउँ कमिटीले आयोजना गरेको पालिका तथा वडा स्तरीय कार्यकर्ता भेलामा जिल्ला,प्रदेश तथा केन्द्रका नेताहरुले बाँकी अभियान समयमा पुरा गर्न सुझाव दिएका हुन् ।
कार्यक्रममा पार्टी जिल्ल सचिवालय सदस्य तथा स्कुल बिभाग प्रमुख मनोज राईले यो अभियान पाटी भित्रको अराजकतालाई परास्त गर्दै देशलाई समृद्ध बनाउने अभियान भएकाले अहोरात्र खटिन सुझाव दिनुभयो ।
त्यस्तै पार्टीका सचिवालय सदस्य तथा कार्यलय सचिव नैन बिश्वकर्माले सहिदभूमिमा बर्षौ देखि संगठन बिस्तार यथावत् रहेकाले सुदृढिकरण मात्र गरे पुग्ने सुझाव दिनुभयो ।
त्यस्तै पाटीका जिल्ला सचिव निरन राईले अहिले बिभिन्न अराजक तत्व तथा गठबन्धनले पाटी र एमाले नेताहरुलाई अनेक बहानामा चौतर्फी आक्रमण भईरहेकाले यसका बिरुद्ध सबैले सचेतता पूर्वक सामना गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै प्रदेश कमिटी सदस्य सुरेन्द्र पौडेलले पुरानो सोंचलाई त्यागेर नयाँ तरिकाले संगठन सुधार गरी सहिदहरुको सपना पुरा गर्न लाग्नुपर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष पराजुली,सचिवालय सदस्य तथा प्रदेश कमिटी सदस्य टंक चौहान,रुपलाल राई लगाएतले सुझाव राख्नु भएको थियो ।
भेलामा आएका पालिकाका नेता तथा कार्यकर्ताहरुलाई गाउँ कमिटी अध्यक्ष निरबहादुर राईले पाटीले तोकेको समयसिमा भित्र गर्नुपर्ने कार्यक्रमहरुको सूचीका बारेमा जानकारी दिनुभयो ।
भेलालाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा कोशी प्रदेशका सह–ईन्चार्ज जीवन घिमिरेले कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई पाटीको नीति तथा कार्यक्रमका बारेमा प्रशिक्षण दिनुभएको थियो ।


