छथर जोरपाटी गाउँपालिकामा आजबाट कोरोना भाईरस विरुद्धको बुस्टर मात्रा खोप लगाउने कार्य सुरु
धनकुटा, १४ चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आजबाट कोरोना भाईरस विरुद्धको बुस्टर मात्रा खोप लगाउने कार्य सुरु हुने भएको छ ।
गाउँपालिका भित्रका १२ वर्ष माथिका पहिलो बुस्टर मात्रा र पहिलो बुस्टर मात्रा लगाएको ६ महिना पुगेका ५५ वर्ष माथिका सबै नागरिक,स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयम्सेविका गर्भवती, रोग प्रतिरोधात्मक क्षामता कम भएका र दीर्घरोगीहरुलाई दोश्रो मात्रा बुस्टर डोज खोप लगाउने जनाईएको छ साथै बैदेशिक रोजगारमा जानेहरुले पनि अनिवार्य रुपमा कोरोना भाईरस विरुद्धको खोप लगाउन गाउँपालिकाले आग्रह गरेको छ ।
वडाहरुमा संचालन हुने खोप केन्द्रमा गई कोरोना विरुद्धको खोप लगाउँन आग्रह गरिएको गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले बताउँनु भयो । आज बाट सुरु गरिएको खोप कार्यक्रम पालिकाका विभिन्न वडाहरुमा १७ गते सम्म संचालन हुने छ ।
यो पनि…
बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै
कञ्चनपुर, १४ चैत (रासस): सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ ।
नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी सुरु भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताउनुभयो ।
“अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन”, उहाँले भन्नुभयो, “जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई तोकेता ग¥यौँ, साइड क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।”
उहाँका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईवटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसारे दुई वर्षभित्रै निर्माणकार्य सक्ने गरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो ।
अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हटेर जाने बताइएको छ । नगरपालिकामा हालसम्म दुईवटा स्वास्थ्यचौकी, दुईवटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चलनमा छन् ।


