सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत

काठमाडौँ, १६ चैत (रासस) : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाजको सबै क्षेत्रमा प्रभाव पार्ने सञ्चार क्षेत्रले सरकारको वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज पदवहाली गर्दै सचिव राउतले सञ्चार क्षेत्रले मुलुकको आर्थिक विकास, उत्पादन क्षेत्र र सेवा प्रवाहलाई जोड्नुपर्छ भन्नुभयो ।

प्रदेश सरकारको सञ्चार ऐन निर्माणका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले सञ्चार क्षेत्रलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । तीव्ररूपमा भइरहेको प्रविधिको विकासले सञ्चार क्षेत्रमा थप चुनौती र अवसर देखापरेको उल्लेख गर्दै उहाँले मन्त्रालय मातहतका जिम्मेवार सबै निकायको सहयोग र सहकार्यबाट समस्या समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सचिव राउतले समाजमा बढ्दो साइवर अपराधलाई न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । “समग्र समाजलाई गतिशील र चलायमान बनाउने सूचना प्रविधिको क्षेत्रलाई विस्तार गर्नुपर्छ”, उहाँले भन्नुभयो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।