सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण योगदान : सचिव डा रेग्मी

काठमाडौँ, २५ चैत (रासस) : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएकाले मानव विकास सूचाङ्कमा सुधार ल्याउन पनि सहकारीको योगदान हुने धारणा राख्नुभयो ।

डा रेग्मीले भन्नुभयो, “सहकारी क्षेत्रले नेतृत्व विकास, स्वरोजगार, उद्यमशीलतामा विशेष योगदान गरेको छ, सहकारीको माध्यबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन सकिनेछ ।” केही सहकारीमा समस्या आउँदा सिङ्गो सहकारी बदनाम बन्न पुगेको उल्लेख गर्दै उहाँले सुरक्षित अवतरणका लागि सबैको सहयोग र योगदानको खाँचो औँल्याउनुभयो ।

पूर्वसचिव गोपीनाथ मैनालीले स्वनियमन सिद्धान्त आदर्श भए पनि सहकारीका लागि आत्मा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भित्रैको मान्छेले समस्या देख्ने भएकाले स्वनियमन महत्वपूर्ण हुन्छ, सदस्य नै ठूलो नियमक भएकाले चासो राख्नुपर्छ, नियमन गर्नुपर्छ ।” काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा विनोदकृष्ण श्रेष्ठले बिगे्रका सहकारीलाई सही बाटोमा ल्याउन र स्वनियमन मात्र नभई नियमन पनि गर्न आवश्यक छ भन्नुभयो । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक डिबी बस्नेतले जानी जानी सहकारीलाई आफ्नो व्यवसाय बनाउनेलाई कारबाही गरिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशवप्रसाद बडालले सदस्यको पैसा संरक्षण गर्न सञ्चालक, व्यवस्थापन र लेखा समिति सक्रिय हुनुपर्छ भन्नुभयो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।