नेकपा एमालेको मिशन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा अभियान सम्पन्न

धनकुटा । नेकपा एमालेको २ महिने मिशन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा अभियान सम्पन्न भएको छ । महालक्ष्मी नगर कमिटीको आयोजनामा शनिबार एक कार्यक्रमका बीच अभियान समापन गरिएको हो ।

अभियान अन्र्तगत यो नगरमा वडा तथा टोल स्तरीय भेला एवं बैठक, पार्टी सदस्यता निवकरण , नयाँ सदस्यता वितरण, विभिन्न जनसंगठन विस्तार तथा प्रशिक्षण,सम्मान र वनभोज कार्यक्रम सञ्चालन गरिएको नगरकमिटीले जनाएको छ।

पार्टीको केन्द्रीय सदस्य तथा प्रमुख अभियान्त लक्ष्मी गौत्तमको प्रमुख आतिथ्यमा सञ्चालित अभियान समापन कार्यक्रममा पार्टी अध्यक्ष इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य दीपक बुढाथोकी ,जिल्ला सचिवालय सदस्य महालक्ष्मी नगर ईन्चार्ज मन्जु कार्की अधिकारी ,सचिवालय सदस्य एव प्रचारप्रसार बिभाग प्रमुख साबित्रा राई , जिल्ला कमिटी सचिवालय सदस्य पर्शुराम नेपाल लगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

यस्तै नगर कमिटीले प्रमुख अभियान्ता गौतमलाई सम्मान पत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।