धनकुटाको पाख्रीवास नगरपालिकाका सबै वडाको टोलमै पुगेर ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’र जुकाको औषधि खुवाईदै

धनकुटा । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’र जुकाको औषधि खुवाईदैछ ।

देश व्यापीरुपमा सञ्चालित यो कार्यक्रम अन्र्तगत धनकुटाको पाख्रीवास नगरपालिकाका उल्लेखित उमेर समूहका वालवालिकाहरुलाई पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यो पालिकाको सम्पूर्ण वडाको टोल-टोलमा पुगेर ५४ जना स्वास्थ्य स्वयमसेविकाहरुले बालवालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने डा.अंकित शर्माले जानकारी दिनुभयो ।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य समस्या र कुपोषणको जोखिम न्यूनीकरण गर्न आफुलाई सहज हुने स्थानमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नगरले सम्बन्धित सम्पूर्णलाई आह्वान गरेको छ ।

भोलिसम्म सञ्चालन हुने यो कार्यक्रम अन्र्तगत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’र एक देखि ५ वर्षसम्मकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।