कोशी प्रदेश नामाकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की

विराटनगर,८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको बताउनु भएको छ ।

शुक्रबार नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्य समितिको वार्षिक साधारण सभा तथा बार भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो – ‘ नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाउँ । समय क्रममा भविष्यमा जनताको दुई तिहाई मत प्राप्त भएमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।’

उहाँले प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नु परेको दृष्टान्त प्रस्तुत गर्दै यस पटको प्रदेश सभाको प्रारम्भमै प्रदेश सभाको १३ औ बैठकले नामकरण गरेको प्रस्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेश सभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताउनुभयो ।

उहाँले वर्तमाान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६÷१७ महिना देखि प्रधान न्यायधिस नियुक्ति हुन नसक्नु दुखद कुरा हो भन्नुभयो । यस्तै अवस्था राजनीतिक क्षेत्रमा पनि रहेको तर यस विषयमा नेताहरुको ध्यान जान नसकेको उहाँको भनाइ छ ।

प्रदेश संरचना अनावश्यक, अत्याधिक खर्चालु लगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिदै मुख्यमन्त्री कार्कीले विगत १५ बर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको दावी गर्नु भयो ।

उहाँले विगत पाँच बर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक,१०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संचरना निर्माण गरेको जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तिको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्न समेत आग्रह गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।