नेपाली कांग्रेस धनकुटा नगर सम्मेलन बैशाख १५ गते गर्ने तयारी
धनकुटा । नेपाली कांग्रेस धनकुटा नगरपालिकाको नगर सम्मेलन हुुने मिति परिवर्तन गरिएको छ ।
धनकुटामा आज बसेको नगर कार्य समितिको बैठकले सम्मे्लनको मिति सारेको हो । यसअघि बैशाख ९ गते आज सम्मेलन गर्ने भनिएकोमा विशेष कारणले सम्मेलन गर्न नपाएकोले बैशाख १५ गतेको लागि सारिएको नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठले वताउनु भयो । सम्मेलन भव्य रुपमा गर्न नगर कार्य समिति र १० वटै वडाका वडा सभापतिहरुलाई परिचान गरिएको उहाँले वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाले यस अघि जिल्लाको सम्पूर्ण वडाहरुमा आफ्नो वडा समितिको सम्मेलन गरीसकेको छ । भने पालिकाहरुको सम्मेलन आज गर्ने तय गरेको थियो । त्यस्तै बैशाख १६ गते प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय सम्मेलन, बैशाख १८ गते प्रदेश सभा निर्वाचन क्षेत्र २ को सम्मेलन र बैशाख २३ गते जिल्ला सम्मेलन गर्ने तयारी रहेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
पार्टीले पालिका,प्रदेश सभा र जिल्ला सम्मेलन भव्य रुपमा सफल बनाउन व्यापक तयारी गरिरहेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले वताउनु भएको छ ।


