धनकुटाका पत्रकारहरुको निःशुल्क आँखा जाँच
धनकुटा, ११ बैशाख । धनकुटाका कृयाशील पत्रकारहरुको निःशुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ ।
नेपाल नेत्रज्योति संघ धनकुटाको आयोजना ,डा.रामप्रसाद आँखा अस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघ धनकुटाको सहकार्यमा धनकुटामा क्रियाशिल पत्रकारहरुको आँखा जाच गरिएको नेत्रज्योति संघ धनकुटाका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिनुभयो ।धनकुटा जिल्ला लाई कार्यक्षेत्र बनाई पत्रकारीता गरी रहेका करिब ३० जना पत्रकारको निःशुल्क आँखा जाँच तथा औषधि र चश्मा वितरण गरिएको उहाँले बताउनुभयो ।
आँखाको स्थितिबारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चश्मा वितरण गर्नका लागि शिविर कार्यक्रम आयोजना गरेको पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।




