प्रयोगमा आएन नगरपालिका भवन

सहजपुर, १२ वैशाख (रासस) : कैलालीको गोदावरी नगरपालिकाको नयाँ भवन उद्घाटन भएको एक वर्षभन्दा बढी भइसकेको छ । विसं २०७८ चैत १४ गते तत्कालीन नगरप्रमुख हरि सिँ साउँदले निर्माण सम्पन्न भएको र ‘फिनिसिङ’को काम बाँकी रहेको भन्दै भवनको उद्घाटन गर्नुभएको थियो । तर उक्त भवन उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि नगरपालिकाको कामकारबाही भने भाडाँकै घरबाट सञ्चालनमा रहेको छ ।

एसियाली विकास बैंक (एडिवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत भवनको निर्माण गर्न एम÷एस शर्मा एन्ड कम्पनीसँग रु १० करोड ५५ लाख ५६ हजार आठ सय १५ मा २०७६ साल मङ्सिर २० गते ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार २०७८ साल साउन २० गते भवन निर्माणको काम सक्नुपर्ने थियो । सम्झौता अवधिमा भवन निर्माणको काम नसकिँदा हाल पटक–पटक म्याद थप गरिँदै काम हुँदै आएको छ । भवनको फिनिसिङको काम नसकिँदा एडिबीले नगरपालिकालाई भवन हस्तान्तरण पनि गर्न सकेको छैन ।

गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले आफूहरुले भवनको काम छिटो सक्न पटक–पटक आग्रह गरे पनि सुनुवाइ हुन नसकेको बताउनुभयो । उहाँले भवन आफूहरुको भए पनि निर्माण र कार्यान्वयन गर्ने कार्यालय छुट्टै भएकाले आफूहरुले केही गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । “यो काम गर्ने निर्माण कम्पनी र त्यो काम हेर्ने कार्यालयको कमजोरी हो । हामीले केही गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

यता क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनियर सञ्जीव शाहले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । उहाँले केही कामका लागि निर्माण कम्पनीबाट गरिएको भेरियसन अर्डर (भिओ) स्वीकृत नहुँदा समय लागेको र अब अर्डर स्वीकृत भइसकेकाले केही समय भित्रै सम्पूर्ण काम सम्पन्न हुने बताउनुभयो । हाल भवनमा आवश्यक पर्ने फर्निचर निर्माणको काम जारी रहेको छ । भवन निर्माणमा ढिलाइ हुँदा हाल नगरपालिकाले दुईवटा भवन भाँडामा लिएर काम सञ्चालन गर्दै आएको छ । जसको मासिक रुपमा रु एक लाख ४१ हजार चार सय भाडा नगरपालिकाले तिर्ने गरेको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।