राजनैतिक,सांगठानिक प्रतिवेदन पास गर्दै धनकुटाको सहिदभूमी गाउपालिकाको कांग्रेस सम्मेलन सम्पन्न

धनकुटा । धनकुटा जिल्लाको सहिदभूमी गाउपालिकामा नेपाली कांग्रेसको गाउपालिका सम्मेलन राजनैतिक तथा सांगठानिक प्रतिवेदन पास गर्दै सम्पन्न भयो ।

नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राईले उक्त सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसले अव आफुलाई रुपान्तरण गर्दै सशक्त ढंगले पार्टी संगठन विस्तारमा लाग्ने वताउनु भयो । भने जिल्ला सचिव विजय सन्तोषी राईले देशकै सवैभन्दा ठूलो र शक्तिशाली पार्टी नेपाली कांग्रेस भएकोले जनताको विस्वास र भसोरा कांग्रेसमा रहेको वताउनु भयो ।

नेपाली कांग्रेस सहिदभूमी गाउपालिकाका सभापति टंक राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पालिकका कार्य समितिका उपसभापति तोर्ण परियारले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाल तरुण दल धनकुटा जिल्लाका सचिव नरेन्द्र राईले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटका पूर्व महासमिति सदस्य शिव कुमार राई,जिल्ला सदस्यहरु यज्ञ राई,योगेन्द्र राई,पालिका सचिव आत्म राई, नेपाल तरुण दल धनकुटा जिल्लाका अध्यक्ष युवराज पराजुली,सहिदभूमी गाउपालिका वडा नं. १ का वडाध्यक्ष रमेश राई,वडा नं. ४ का वडाध्यक्ष भिम वहादुर राई,नेपाली कांग्रेस वडा नं. १ का सभापति भीमनाथ खड्का,वडा नं. २ का सभापति दुर्गा विष्ट,वडा नं. ३ का सभापति रत्न राई,वडा नं. ४ का सभापति सन्तोष राई,वडा नं. ५ का सभापति कनक राई,वडा नं. ६ का सभापति विकास राई,पल्टन राई लगायतले नेपाली कांग्रेसले जनतको भावना र चाहना अनुसार अगाडी बढ्नु पर्ने वताउनु भयो ।

उक्त सहिदभूमी गाउ सम्मेलनले नेपाली कांग्रेस सहिदभूमी गाउपालिकाको रिक्त उपसभापतिमा भूषण राईलाई चयन गरेको छ भने सो समारोहमा पूर्व महासमिति सदस्य शिव राईलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले खादा माला लगाएर सम्मान गरिएको थियो ।

धनकुटा जिल्ला सहिदभूमी गाउपालिकाको उक्त नेपाली कांग्रेसको पालिका सम्मेलनले राजनैतिक तथा आर्थिक र सागठानिक प्रतिवेदन पारित गर्दै भावी कार्यक्रमहरु समेत तय गरेको पालिका सभापति टंक राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।