धनकुटा कांग्रेसको जिल्ला सम्मेलन बैशाख २६ मा
धनकुटा । आगामी बैशाख २६ गते नेपाली कांग्रेस धनकुटाकाे जिल्ला सम्मेलनको मिती तय गरिएको छ ।
यस अघि बैशाख २३ गते नै जिल्ला सम्मेलन गर्ने भनिएकाे भएपनि मंगलबार धनकुटामा बसेकाे जिल्ला कार्य समिति बैठकले सम्मेलनका लागि २६ गतेकाे मिति तय गरेकाे हाे । पार्टीका जिल्ला सभापति दिनेश राईकाे अध्यक्षतामा बसेकाे पदाधिकारी बैठकले २३ गते विशेष कारण वश जिल्ला सम्मेलन गर्न नपाउने भएकाेले २६ गते मात्र गर्ने निर्णय गरेकाे हाे ।
बैठकमा बाेल्ने वक्ताहरुले हरेक तहको कांग्रेसमा पुस्तान्तरण र रुपान्तरण हुनु अति आवाश्यक भएको बताएका थिए ।जिल्ला सम्मेलन उद्घाटन पार्टीका माहामन्त्री तथा यूवा नेता गगन कुमार थापाबाट गर्ने तयारी भईरहेकाे जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत गर्न पार्टीका उपसभापति सुनिल डंगोलको संयोजकत्वमा बार्षिक कार्यक्रम निर्माण समिति,पार्टी सचिव विजय सन्तोषी राईको संयोजकत्वमा सांगठानिक प्रतिवेदन निर्माण समिति,अर्का सचिव जयन्द्र घिसिङ्गको संयोजकत्वमा राजनैतिक प्रतिवेदन निर्माण समिति र कोषाध्यक्ष सरस्वती मगरको संयोजकमा आर्थिक प्रतिवेदन निर्माण समिति गठन गरेको सहसचिव गिरिजा प्रसाद दाहालले वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (क) को बैशाख १६ गते र (ख) को बैशाख १८ गते क्षेत्रिय सम्मेलन गर्ने तयारी छ । बैठकमा संविधान सभा सदस्य लिला सुब्बा,उपसभापति सुनिल कुमार डंगोल,जिल्ला सचिव विजय सन्तोषी राई,सचिव जयन्द्र घिसिङ्ग,सहसचिवद्धय रोशन श्रेष्ठ,गिरिजा प्रसाद दाहाल,कोषाध्यक्ष सरस्वती मगर,प्रवक्ता खगेन्द्र घिमिरे,प्रदेश सभा निर्वाचन क्षेत्र न. ख का सभापति राजन पौडेल,नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ,पाख्रीवास नगर सभापति प्रेम भण्डारी,नेपाल महिला संघका उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटका अध्यक्ष यूवराज पराजुली लगायतकाे उपस्थिती थियाे ।


