मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप

गलेश्वर, १४ वैशाख (रासस) : म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित हुनुभएको छ । हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले उत्पादनमा घट्ने उहाँको गुनासो छ ।

“करिब चार रोपनी जमिनमा मकै लगाइएकोमा कीरा लागेर हैरान पारेको छ, गतवर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र कीराको प्रकोपले समस्या सिर्जना गर्छ”, उहाँले भन्नुभयो ।

जिल्लाका दरवाङ, बाबियाचौर, ताकम, बिम, देविस्थान, ज्यामरुककोट, भकिम्ली लगायतका गाउँमा लगाएको मकैमा मौसमको प्रतिकूलताका कारण फौजी कीराको प्रकोप देखिएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा कतै मकै भर्खरै उम्रेको छ भने कतै गुवा हाल्दै गरेको र गोडमेल गर्ने समय भएको छ । सबै मकैका बोटमा फौजी कीराको प्रकोप बढ्न थालेपछि किसान चिन्तित भएको केन्द्रको भनाइ छ ।

केन्द्रका प्रमुख किरन सिग्देलले मकैमा अमेरिकन फौजी कीराको प्रकोप देखिन थालेको भन्दै कीराले मकैक्ँ पात र गुभा खाने गरेको बताउनुभयो ।

जिल्लाको रत्नेचौर, ज्यामरुककोट लगायतका क्षेत्रमा सञ्चालित आइपिएम किसान पाठशालाका प्रशिक्षक क्षेत्रबहादुर कटुवालले यो वर्ष कीराले मकैको बोट खान थालेको र गर्मी बढ्दै जाँदा रोग कीराको प्रकोप फैलिनसक्ने जोखिम पनि बढ्दै जाने बताउनुभयो ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार वयस्क कीराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो कीराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पु¥याउँछ ।

करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अण्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उहाँको भनाइ छ ।

म्याग्दीका विभिन्न छ स्थानीय तहका १४ समूहले मकैको बीउ उत्पादन गरिरहेका छन् । ती समूहलाई अमेरिकन फौजी कीराको प्रकोपबारे केन्द्रले जानकारी गराएको छ । फौजी कीराले रातिको समयमा बढी क्षति गर्ने गरेको कृषि प्राविधिक बताउँछन् ।

फौजी कीरा बढी नै खन्चुवा खालको हुने भएकाले जति बेला पनि मकैको बोट खाइरहने प्राविधिकको भनाइ छ । कीराको लार्भाले धान, गहुँ, कोदो, उखु, तेलहन बाली, लहरेबाली, काउली बाली, भटमास, प्याज, गोलभेँडा, आलुलगायतका बालीमा पनि क्षति पु¥याउने गरेको छ ।

यसको व्यवस्थापनको लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीचमा ‘डेस्मोडियम’ घाँस लगाउनुपर्ने कृषि प्राविधिकको सुझाव छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।