धनकुटाको भेडेटार नाम्जेमा एमालेको कोशी प्रदेश स्तरिय मिशनग्रास रुट अभियानको समिक्षा
धनकुटा । नेकपा एमालेको कोशी प्रदेश स्तरिय मिशनग्रास रुट अभियानको समिक्षा गरिएको छ ।
धनकुटाको भेडेटार नाम्जेमा समिक्षा बैठकको आयोजना गरिएको थियो । समिक्षा अनुसार कोशी प्रदेशमा यो अभियान प्रभावकारी र उपलब्धि मुलक भएको बताईएको छ । बैठकमा कोशी प्रदेश अन्र्तगतका विभिन्न जिल्लाका नेकपा एमाले जिल्ला अध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पार्टी भित्रका समस्या, अन्तरविरोधका कारण कठिनाई रहेपनि यो अभियानलाई निरन्तरता दिनुपर्ने, जनताको भावना र चाहान अनुकुल थप अभियान सञ्चालन गर्नुपर्छ भन्ने अनुभव सहितको प्रतिवेदन प्रस्तुत भएको पार्टीका कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङले जानकारी दिनुभयो । बैठकमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अभियानको विषयमा मार्गदर्शन गराउनु भयो ।
बैठकमा पार्टीका केन्द्रिय सचिव टोप वहादुर रायमाझी,प्रदेश अध्यक्ष तुलसी न्यौपाने लगायत पार्टीका नेता कार्यकर्ताको वृहत उपस्थिती थियो ।


