धनकुटाको महालक्ष्मीमा कांग्रेसको नगर सम्मेलन सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा एक बर्ष सम्म कांग्रेसले नया अभियान संचालन गर्ने निर्णय गर्दै कांग्रेस महालक्ष्मी नगर सम्मेलन सम्पन्न भयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले महालक्ष्मी नगर सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसले जनअपेक्षा अनुरुप अव पार्टीलाई रुपान्तरण गर्दै लाने वताउनु भयो । पूर्व जिल्ला सभापति तथा नेपाली कांग्रेसका पूर्व आमन्त्रिक केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले नेपाली कांग्रेसले टोल समितिलाई क्रियाशिल बनाएर संगठन विस्तार गरे कांग्रेसलाई कसैले हराउन नसक्ने वताउनु भयो ।

नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका सभापति ध्रुवराज रायको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति अग्नी प्रसाद पौडेल,जिल्ला सचिव विजय सन्तोषी राई, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य राजेन्द्र पौडेल, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस धनकुटाको प्रदेश क्षेत्रिय सदस्य पर्शु कार्की लगायतले कांग्रेसले अव नया निति र कार्यक्रमका साथ पार्टी संगठन विस्तार गर्नु पर्नेमा जोड दिनु भयो ।

क्षेत्रिय सम्मेलनमा स्वागत मन्तव्य महालक्ष्मी नगर कार्य समितिका उपसभापति गोपालचन्द्र पौडेलले र कार्यक्रमको संचालन सचिव कृष्ण केसीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश कार्य समितिका सदस्य शिव विक,नेपाली काग्रेस धनकुटका जिल्ला सदस्य तुलसी लुम्बा,दरथ लुम्बा,जित वहादुर कुवर,पूर्व जिल्ला सदस्य ईन्द्र कुवर,क्षेत्रिय सदस्य हिमा कार्की,कृष्ण पाचकोटी,हरी सुवेदी,वडा नं. ५ का वडाध्यक्ष सन्त वहादुर कुवर,नगर उपसभापति नेरेन तुम्वा,नेपाली कांग्रेसका महालक्ष्मीका वडा नं.२ का सभापती भेषराज पौडेल, ३ का सभापती चिञ्जिवि कोङरेन,वडा नं. ४ का सभापती तेज कुमार श्रेष्ठ,वडा नंं ७ का सभापती तथा वडाध्यक्ष नेत्र अधिकारी,क्षेत्रिय प्रतिनिधि भोगेन्द्र कार्की,तिलक सुवेदी,सोभित काफ्ले लगायतले कांग्रेसमा गुटउपगुटलाई समाप्त गरी एकताका साथ अगाडी कढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

धनकुटा जिल्ला महालक्ष्मी नगर कांग्रेसको सम्मेलनमा सभापती ध्रुबराज रायमाझिले प्रस्तुत गर्नु भएको राजनैतिक प्रतिवेदन,आर्थिक प्रतिवेदन र भावी कार्यक्रम र सचिव कृष्ण केशीले प्रस्तुत गर्नु भएको राजनैतिक प्रतिवेदन छलफल गरी पास गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।