स्वतन्त्रताको वाहक पत्रकारिकता– मुख्यमन्त्री कार्की

विराटनगर, २० वैशाख (रासस) : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘विश्व प्रेस स्वतन्त्रता दिवस’को अवसरमा विश्वभरि छरिएर रहनुभएका स्वतन्त्रप्रेमी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

अभिव्यक्ति स्वतन्त्रता आमजनताले प्राप्त गर्ने स्वतन्त्रता हो र प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा माध्यम हो भन्दै उहाँले प्रेस स्वतन्त्रताबिना अभिव्यक्ति स्वतन्त्रता पूर्ण हुन नसक्ने उल्लेख गर्नुभएको छ । विश्वभरिका अधिकांश लोकतान्त्रिक मुलुकले प्रेस स्वतन्त्रतालाई संवैधानिकरूपमै व्यवस्था गर्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा नेपालमा प्रेस स्वतन्त्रतालाई जनताको मौलिक हककै रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुभएको छ ।

“संवैधानिकरूपमा संरक्षण गरिएको प्रेस स्वतन्त्रतालाई व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याउन यसको पुनः संरचना, नीतिगत र कानूनी सुधारका क्षेत्रमा सरकारले काम गर्दै आएको कुरा हामी सबैमा अवगत नै छ”, सन्देशमा भनिएको छ, “कोशी प्रदेश सरकारले पनि सञ्चारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ र त्यसलाई चाँडै नै अन्तिम रूप दिने कुरा यो सुखद अवसरमा म जानकारी गराउन चाहन्छु ।”

पत्रकार र पत्रकारिता क्षेत्रको दक्षता अभिवृद्धिका साथै पत्रकारको पेसागत तथा भौतिक सुरक्षाबिना प्रेस स्वतन्त्रता पूर्णरूपमा कार्यान्वयन हुननसक्ने भएकाले त्यसका लागि आवश्यक संरचना निर्माण गर्न र प्रेस स्वतन्त्रताको संरक्षणमा कोशी प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले विश्व प्रेस स्वतन्त्रता दिवसको यस विशेष अवसरमा स्वतन्त्रता प्रेमी सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।