शहिदभुमी गाउँपालिकामा भोलि पाठेघर परिक्षण तथा शल्यक्रिया शिविर सञ्चालन हुने
धनकुटा । महिला दिदीवहिनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै धनकुटाको शहिदभुमी गाउँपालिकामा भोलि शनिवार पाठेघर परिक्षण तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।
जिल्ला अस्पताल धनकुटाको आयोजना तथा स्वास्थ्य कार्यलय धनकुटाको प्राविधिक सहयोगमा गाउँपालिका पिप्लेमा पाठेघर परिक्षण तथा शल्यक्रिया सम्बन्धि एक दिने निस्शूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा आङ खसेको, पिसाब चुहिने,पाठेघरको मुखको जाँच गरिने अस्पतालले जनाएको छ ।
शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य जाँच गराउन सम्पूर्ण महिला दिदीवहिनीहरुलाई अस्पतालले आह्वान समेत गरेको छ। शिविरमा प्रशुती स्त्री रोग विषेशज्ञ डा अमिताभ ठाकुरको टोपलले सेवा दिने अस्पतालले जनाएको छ ।


