पाँचबुँदे घोषणापत्र जारी गर्दै सकियो पोखरा ताल सम्मेलन

पोखरा, २३ वैशाख (रासस) : ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने तालसम्मेलन प्रतिबद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ । तीन दिनसम्म जारी सम्मेलनले पोखरा उपत्यकाको नौ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्यअनुरुपमा विभिन्न विषयविज्ञको प्रस्तुतिबाट प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम कार्यक्रमका संयोजक डा कल्पनादेवी देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनमा अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि व्यवस्थापक कानुन व्यवसायी, पत्रकार तथा विद्यार्थी, व्यवस्थापन र तालसँग सम्बन्धित नीति र अवस्थाका बारेमा करिब २० वटा प्रस्तुति राखिएको थियो । योसँगै पोखरास्थित विभिन्न पाँचवटा ताल भ्रमणसँगै त्यहाँका ताल प्रबन्धकबाट लक्ष्य चुनौती र सफलताका कथा बुझ्ने प्रयास गरिएको थियो ।

सम्मेलनबाट पहिचान गरी जारी गरिएको घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक सङ्ख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा उपत्यका अर्थतन्त्र र स्थानीय जनताको जीविकोपार्जनका लागि तालको महत्व, विगतका प्रयासको अघिल्लो दशकको तुलनामा तालको पारिस्थितिकीय अवस्थामा ह्रास आएको घोषणापत्रमा उल्लेख छ । साथै स्थानीय समुदायको आर्थिक आवश्यकता पूरा गर्दैै पारिस्थितिकीय अवस्था कायम राख्न स्थानीय समुदाय, सरकारी अधिकारीहरु र प्राविधिक विज्ञबीच घनिभूत सहकार्य आवश्यकता रहेको तथा यी समुहहरु मध्ये एक पक्षसँग मात्र ताललाई व्यवस्थापन गर्ने स्रोत ज्ञान वा क्षमता नभएको लगायतका विषयमा घोषणापत्रमा उल्लेख छ ।

योसँगै सम्मेलनबाट बुद्धिमतापूर्ण प्रयोगको सिद्धान्तका आधारमा पोखरा उपत्यकामा रहेका तालको संरक्षण गर्ने, तालको पुनःस्थापना र दिगो विकासको लागि स्रोत र ज्ञानहरु आदान–प्रदान गर्न जुटाउने र सम्बद्ध सरोकारवालाबीचको आपसी सहकार्यका आधारमा प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाने, पोखरा ताल मन्चलाई पोखरा उपत्यकामा रहेका तालको संरक्षण र दिगो विकासको लागि आवश्यक ज्ञान, अभ्यास, प्राविधिक विशेषता र आर्थिक स्रोत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

सम्मेलनमा वनविज्ञान अध्ययनसंस्थान पोखरा क्याम्पस, पोखरा तथा काठमाडौँ विश्व विद्यालयले पनि समन्वय गरेको थियो । सम्मेलनबाट पोखरा ताल मञ्च सञ्चालनका लागि पूर्ण कुँवरको संयोजकत्वमा मस्यौदा तयारी सात सदस्यीय कार्यदलसमेत बनाएको छ ।

सम्मेलनको समापन समारोहमा वन विज्ञान अध्ययन संस्थानका डिन प्राध्यापक वीरबहादुर खनाल, उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका गण्डकी प्रदेका सचिव विशाल घिमिरे, ताल प्राधिकरणका उपाध्यक्ष नवराज ओझालगायतले सम्मेलनका सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सम्मेलनको उदघाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदा ताल तलैयाको संरक्षणसँगै त्यसलाई आयआर्जनको स्रोतको रुपमा विकास गरेर जीविकोपर्जनसँग जोडेर लैजानुपर्ने जोड दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।