‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’:मुख्यमन्त्री कार्की

मोरङ, २८ वैशाख ९रासस० ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको प्रयासले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज शुभारम्भ गर्दै उहाँले वन क्षेत्र ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले वन क्षेत्र विस्तारले सकारात्मक एवं नकारात्मक दुवै असर पारेको चर्चा गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले सामुदायिक वनको माध्मबाट मुलुकमा रोजगारी सिर्जना, राजस्व वृद्धि, उत्पादकत्व वृद्धि, पर्यटन क्षेत्रमा योगदान, वन पैदावरको विकास भएको बताउनुभयो ।

साझा सभ्यताको स्रोत एवं सबै समुदालाई जोड्ने भएकाले प्रदेशको नाम रुपमा ‘कोशी’ राखिएको जानकारी दिँदै उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९२ प्रतिशतको मतदान, सर्वदलीय सहमति एवं संवैधानिक कानुनका आधारमा नाम नामाकरण गरिएको प्रष्ट पार्नुभयो ।

समारोहमा प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राई, सामुदायिक वनका केन्द्रीय अध्यक्ष भारती पाठक, प्रदेश अध्यक्ष तुलसी सङ्गौला, उपाध्यक्ष गोपालमान थापा लगायतले सामुदायिक वनले गरिबी निवारण, सुशासन एवं समावेशी कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको धारणा राख्नुभयो ।

अधिवेशनमा १४ जिल्लाका आठ सय प्रतिनिधिको सहभागिता रहेको छ भने नयाँ नेतृत्व चयन गरिने सोही अवसरमा जानकारी दिइयो । प्रदेशमा तीन हजार सात सय ७५ सामुदायिक वन रहेका छन्।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।