झापा फुटबल क्लब धनकुटामा जारी १५ औं सहिद भीमनारायण गोल्डकपको सेमीफाइनलमा प्रवेश
धनकुटा,२८ बैशाख । धनकुटामा जारी १५ औं सहिद भीमनारायण गोल्डकप अन्र्तगत आज विहिबार भएको खेलमा झापा फुटवल क्लबले राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीलाई ट्राइबेकर ४—३ गोल अन्र्तरले पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको निकै प्रतिश्पर्धा खेलमा झापाले खेलको पहिलो हाफको ८ औं मिनेटमा जर्सि नम्बर ९ का प्रदिप बुढाथोकीकोे गोलमा अग्रता बनाएको थियो ।
दोस्रो हाफको १६ औं मिनेटमा जागृतीफुटबल क्लब सुनसरीका जर्सि नम्बर १४ का मिलन लिम्बुले गोल गर्दै खेल बराबरी गरेका थिए तर १८ मिनेटमा झापाका लागि प्रदिप बुढाथोकीले गोल गर्दै अग्रता कायम गरे पनि २५ औं मिनेटमा जागृतीफुटबल क्लब सुनसरीका मिलन राईले बराबरी गोल गरे संगै निर्धारित समय २—२ गोलको बराबरीमा सकिएको थियो ।
त्यस पछि खेलको निर्णय ट्राइबेकर बाट गरिएको थियो । ट्राइबेकर झापा फुटवल क्लबले ४—३ गोल अन्र्तरले राष्ट्रिय जागृती फुटबल क्लब सुनसरी लाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।


