पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण स्वास्थ्य शिविर सम्पन्न
धनकुटा,३ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा न १ मा संचालन भएको एक पाठेघरको मुखको क्यान्सरको निःशूल्क परिक्षण स्वाथ्य शिविर सम्पन्न भएको छ ।
छथर जोरपाटी गाउँपालिकाको आयोजनामा गरिएको शिविरमा ७० जनाले सेवा लिएका छन् । शिविरमा आङ्ग खसेको, पिसाव चुहिने तथा पाठेघरको मुखको जाँच गरिएको छथर जोरपाटी गाउँपालिका स्वाथ्यशाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।
शिविरमा ६२ जनाको भीआइए गरिएको र त्यस मध्ये १० जनामा पोजेटिभ आएको तथा ४ जनामा आङ्ग खसेको समस्या देखिएको र उनिहरु लाई थप उपचारका लागि रेफर गरिएको समेत प्रमुख डंगोलले जानकारी दिनु भयो ।
कार्यक्रमको प्रमुख अतिथी छथर जोरपाटी गाउँपालिकाका प्रमुख छत्र बहादुर सुब्बा रहनु भएको थियो भने विशेष पालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवा रहनु भएको थियो ।
शिविरमा प्राविधिक सहयोग तांखुवा स्वाथ्य चौकिकी सि।अनमी मनु लिम्बु परेवादिन स्वाथ्य चौकिकी सि। अनमी टिकालक्ष्मी तिम्सिना, हार्तिखर्क स्वाथ्य चौकि प्रमुख आशिष आले लगायतले प्राविधीक सहयोग गर्नु भएको थियो भने कार्यक्रमको संचालन छथर जोरपाटी गाउँपालिका स्वाथय सहसंयोजक दिनप्रसाद दुलालले गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य छथर जोरपाटी गाउँपालिका स्वाथ्यशाखा प्रमुख सुन्दरमान डंगोलले गर्नु भएको थियो भने कार्यक्रको सभापतीत्व छथर जोरपाटी गाउँपालिका वडा न १ का अध्यक्ष गोविन्द लिम्बुले गर्नु भएको थियो ।





