देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू

काठमाडौँ, ४ जेठ (रासस) :युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले आफ्नो मन्त्रालय खेलकुदमा मात्र सीमित नरहेको बताउनुभयो । “हामी युवाको अन्य गतिविधीमा सहकार्य गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो, “युवाको विचार, दृष्टिकोण तथा सिर्जनशीलतामा सहकार्य गर्न सके समृद्धि अवश्य सम्भव छ ।”

मन्त्री लिम्बूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा पुग्न धेरै मेहनत चाहिने बताउनुभयो । “प्रयास गरिरहनुपर्छ । सफलता अवश्य मिल्छ”, उहाँले भन्नुभयो ।

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ सम्पन्न

सनुर्भी इन्टरनेशनल प्रालिको आयोजमा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ सम्पन्न भएको छ । ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले, ‘मिस नेसनल नेपाल २०२३’ समा पराजुली, ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेशनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार बन्नुभएको छ । चारैजनाले सोही शीर्षकअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नुहुनेछ ।

यस्तै, प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बूलाई घोषित गरियो । कार्यक्रमका आयोजक डा सन्तोष उपाध्यायले कार्यक्रम आयोजना गरेर युवाका लागि मञ्च निर्माण गरेको बताउनुभयो । “मेरो उदेश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालीलाई पु¥याउने र जिताउने हो”, उहाँले भन्नुभयो ।

प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० जना सहभागी थिए ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।