छथर जोरपाटी गाउँपालिका १ मा कुष्ठरोगको स्क्रीनमिङ्ग तथा घुम्ती शिविर सम्पन्न

धनकुटा,५ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर १ मा १ दिने कुष्ठरोगको स्क्रीनमिङ्ग तथा घुम्ती शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यलय धनकुटा र छथर जोरपाटी गाउँपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा नियमित औषधी सेवन गरिरहेका र उपचार लिइरहेका २ जना, कुष्ठरोगको आशंका गरिएका ५ जना अन्य छाला सम्बन्धी समस्या रहेका १ सय ११ जना साथै अन्य विभिन्न परिक्षण १० जनाले गरि १ सय २८ जनाले शिविरमा स्वाथ्य सेवा लिएको छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।

कुष्ठरोगको आशंका गरिएका ५ जना थप परिक्षणका लागि रेफर गरिएको समेत उहाँको भनाई थियो । पाख्रिवास आधारभूत अस्पतालका डा. अकित शर्मा र छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोले बिरामीहरुको स्वाथ्य जाँच गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले विशिरको उत्घाटन गर्नु भएको थियो । कार्यक्रमको विशेष अतिथी छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गरुङ्ग खेवा, वडा नम्बर १ का अध्यक्ष गोविन्द लिम्बु, अतिथीहरु पाख्रिवास आधारभूत अस्पतालका डा. अकित शर्मा, ल्याव टेक्निसियन निरक्षिक विनोद गुराँगाई , हातिखर्क स्वाथ्य चौकि प्रमुख आशिष आले लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गरुङ्ग खेवाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन छथर जोरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला स्वाथ्य कार्यलय धनकुटाका निमित प्रमुख गोकुल भण्डारीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।