सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की

मोरङ, ७ जेठ (रासस) : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त रहेको बताउनुभएको छ ।

कोशी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालयद्वारा रु चार करोड चार लाख ६३ हजार हजार आठ सय ४२ को लागतमा ३४ कोठे तीनतले नवनिर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको आज उद्घाटन गर्दै उहाँले सुरक्षालगायत महत्त्वपूर्ण कार्यका लागि नेपाली जनताले खोज्ने पहिलो साथी भनेको प्रहरी भएकाले यसलाई सुदुढ बनाउने कार्य भइरहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले चाँडै प्रहरी समायोजन कानूनको व्यवस्थापनपछि प्रदेश प्रहरीलाई कानून बनाएर काम सञ्चालन गर्ने आशामा बसिरहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारले प्रहरीका ५१ भन्दा वढी नयाँ भवनबाहेक अन्य भौतिक संरचना निर्माण गरेको जानकारी दिँदै प्रहरीका ब्यारेक, महिला ड्रेस चेन्जिङ रुम, स्तनपान कक्षहरू, सेवाग्राही बस्ने स्थान, ३० थान चार चक्के र छ सय मोटर साइकल दिएको बताउनुभयो ।

प्रदेश प्रहरीलाई सबै हिसाबले सदृढ एवं ‘प्रविधि मैत्री’ बनाउनाका साथै यसको माध्यमबाट प्रदेशमा शान्तिसुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने काम गर्ने धारणा मुख्यमन्त्री कार्कीले राख्नुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले गरिब, पिछडिएका र सीमान्तकृत क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दीपक पाखेरेल र सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्रले नवनिर्मित भवनको माध्यमले नागरिकको सुरक्षामा गुणात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।