धनकुटामा सय बेडको अस्पताल निर्माण गर्न जग्गा प्राप्तिका लागि प्रधानमन्त्रीलाई अनुरोध पत्र

धनकुटा । धनकुटामा सय बेडको अस्पताल निर्माण गर्न जग्गा प्राप्तिका लागि प्रधानमन्त्री पुष्प कमल दाहाललाई अनुरोध पत्र बुझाईएको छ । बिहिवार धनकुटाको सर्वपक्षिय टोलीले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर अनुरोध पत्र बुझाएको हो ।

धनकुटा अस्पलालाई स्तरोन्नति गरी सय बेडको बनाउन भवन निर्माण गर्न प्रदेश सरकारबाट रु ४७ करोडको बहुबर्षीय योजना अनुसार याे वर्ष बजेट बिनियोजन गरेकोमा जग्गा अपुग भएकाेले भवन निर्माण गर्न कठिनाई भएको छ । त्यसैले धनकुटा अस्पतालसँगै रहेको कृषि मन्त्रालय अन्र्तगतको रेमश खेती विकास कार्यक्रमको खाली जग्गा अस्पताल निर्माणका लागि दिन माग गर्दै आज प्रधान मन्त्री पुष्प कमल दाहाललाई सर्वपक्षिय टोलीले अनुरोध पत्र बुझाएको हो ।

राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार तथा पूर्व मन्त्री सुनिल वहादुर थापा,पूर्व मन्त्री तथा धनकुटाका संघिय सांसद राजेन्द्र राई, प्रदेश सभाका सांसद तथा नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुली,नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई,नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक पूर्व प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ,प्रदेश सभाका सांसद निरन राई,प्रदेश सभाका सांसद इन्दिरा थापा, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा धनकुटा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङ,धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ,राष्टिय स्वतन्त्र पाटी धनकुटाका संयोजक बालानन्द दाहाल,जनता समाजवादी पाटीका केन्द्रिय सदस्य धर्म राई, जसपा धनकुटाका कार्यवहाक अध्यक्ष पार्वती राई,नेकपा एस धनकुटाका अध्यक्ष तथा यूवा नेता अर्जुन राई,नेपाली कांग्रेस धनकुटाका उपसभापती सुनिल कुमार डंगोल,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा अस्पतालका डाक्टर अमित शाह लगायतले धनकुटा अस्पतालका लागि सय बेडको भवन निर्माण गर्न साे जग्गा उपलब्ध गराई दिन अनुरोध गर्दै धनकुटाको विकास र समृद्धीका लागि विशेष योजनाको माग गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई धनकुटा अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएका धनकुटा जिल्ला समन्वय समितिका प्रमुख तामाङले धनकुटा जिल्लाबासीको तर्फबाट अनुरोध पत्र प्रदान गर्नु भएको थियो । पत्र बुझ्दै प्रधान मन्त्री दाहालले आफुले सक्दो सहयोग गर्ने वताउनु भयो । धनकुटा अस्पतालको वर्तमान अवस्थाका साथै धनकुटाको विकास र समृद्धीबारे प्रधान मन्त्री दाहाललाई नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।