अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू

गण्डकी, १७ जेठ (रासस) : अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तेस्रो संस्करणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव कास्कीको घान्द्रुकमा आजदेखि सुरु भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा सुरु महोत्सव जेठ २० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवअन्तर्गत अन्तिम दिन जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस (जुन ३) का अवसरमा अन्नपूर्ण म्याराथन हुनेछ । उक्त दिन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) को म्याराथन आयोजना हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ । महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बाँस्केटबल प्रतियोगिता, पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

म्याराथनतर्फ प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ७५ हजार प्राप्त गर्ने छन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ७५हजार, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै गाउँपालिकास्तरीय पुरुष भलिबलमा विजेता टोलीले नगद ८० हजार र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् भने खुल्ला पुरुष बाँस्केटबलतर्फका विजेताले नगद रु ८० हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिइएको हो । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो ।

प्रतिकूल परिस्थितिका कारण कार्यक्रम स्थगित भए पनि यसपटकबाट कार्यक्रमलाई निरन्तरता दिइएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको बताउनुभयो ।

पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी रहेको उल्लेख गर्दै उहाँले यसका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटन क्षेत्रमा अहिलेसम्म भएका प्रगतिमा निजी क्षेत्रको विशिष्ट योगदान रहेको बताउँदै उहाँले लगानीमैत्री वातावरण सिर्जना गरी निजीक्षेत्रसँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ, घान्द्रुक पर्यटन व्यवस्थापन समितिका पूर्वअध्यक्ष किसम गुरुङलगायतले महोत्सवले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवलाई अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)÷राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकुद मन्त्रालय, अन्नपूर्ण काठमाडौँ समाज नेपाल, गुरु आनन्द फाउन्डेशनलगायतका सङ्घ संस्थाको सहयोग रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।