महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धी आधारभूत तालिम

धनकुटा २४ जेठ, नेपाल नेत्र ज्योती संघ डा.रामप्रसाद पोखरेल आँखा अस्पताल र छथर जोरपाटी गाउँपालिकाको संयूतm आयोजनामा महिला स्वास्थ्य स्वयम सेविकाका लागि संचालन गरिएको एक दिने आँखा स्वाथ्य सम्बन्धी आधारभूत तालिम कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका भित्र रहेका ३६ जना महिला स्वास्थ्य स्वयम सेविकाकाहरुलाई आँखा स्वाथ्य सम्बन्धी आधारभूत तालिम दिइएको छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो । तालिममा आँखाको सुरक्षा तथा सामान्य उपचार, आँखाको सरसफाई लगायतका बिषयहरुको जानकारी गराइएको प्रमुख डंगोलले जानकारी दिनु भयो ।

तालिमको सहजीकरण नेत्र विशेषज्ञ राजन भण्डारी, नेपाल नेत्र ज्योती संघ डा.रामप्रसाद पोखरेल आँखा अस्पताल व्यावस्थापक नरेन्द्र बस्नेत र छथर जोरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता छथर जोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।