कांग्रेस भित्र शुद्धिकरण आवश्यक : महामन्त्री थापा
धनकुटा,२५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस भित्र शुद्धिकरण आवश्यक रहेको बताउँनु भएको छ । धनकुटामा बुधबार नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा बोल्दै नेता थापाले अहिले सम्म आइ पुग्दा नेपाली कांग्रेसमा शुद्धिकरण आवश्यक रहेको बताउँनु भएको हो ।
साथै उहाँले नेपाली कांग्रेस लाई जनता संग जोड्न आवश्यक रहेको बताउँदै विगतमा भएको कमजोरी बाट पाठ सिकेर अगाडी बढ्नु पर्ने अवस्था आएको बताउँनु भयो ।
नागरिकमा रहेको निराशा आक्रोस लाई समेत ध्यान दिदै आशावादी बनाउँदै अगाडी लग्ने जिम्वेवारी कांग्रेसमा रहको बताउँनु भयो । त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीले अव कांग्रेस जनताका घर र गाउँमा गएर जनताका मुद्धाको सम्बोधनमा लाग्नु पर्ने बताउँनु भयो ।
त्यस्तै कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले कांग्रेस सशकित पाटीको रुपमा अगाडी आउँन आवश्यक रहको र त्यस्तो नेतृत्व लाई यूवाहरुले समेत साथ दिनु पर्ने बताउँनु भयो ।


