वेस्ट इन्डिजले नेपाललाई जितका लागि ३४० रनको विशाल चुनौती दियो

काठमाडौँ, ७ असार (रासस) :आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको विशाल लक्ष्य दिएको छ ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै तीन सय ३९ रनको योगफल बनायो । वेस्ट इन्डिका कप्तान शाई होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन ।

त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक ुय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ३२ रन जोडे । उनले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्धतमा ३२ रन बनाएका हुन् । यस्तै रोभम्यान पावेलले २९ रन बनाए । उनले १४ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै २९ रन बनाएका हुन् । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजबंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दिप लामिछाने र दीपेन्द्रसिह एरीले समान एक÷एक विकेट लिए । नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नको लागि वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।