नि:शुल्क स्वास्थ्य शिविरमा ८२ जनाले गराए स्वास्थ्य परिक्षण

धनकुटा,७ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ मा संचालन गरिएको प्रजनन स्वास्थ्य सम्बन्धी १ दिने निशुल्क स्वाथ्य शिविरमा ८२ जनाले स्वाथ्य सेवा लिएका छन् ।

छथर जोरपाटी गाउँपालिका वडा न ६ को आयोजना, छथर जोरपाटी गाउँपालिकाको समन्वय तथा नेपाल परिवार नियोजन संघ जिल्ला शाखा धनकुटा र परेवादिन स्वाथ्य चौकीको प्राविधीक सहयोगमा गरिएको निशुल्क शिविरमा ८२ जनाले सेवा लिएको छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।

सेवा लिने मध्ये भीआइए जाँच ६२ जनाले गराएका छन् त्यस्तै इम्प्लान्ट राख्ने २ जना, इम्प्लान्ट झिक्ने ३ जना, स्तन क्यान्सरको जाँच गराउने ५ जना र पाठेघर घसेको परिक्षण १० जनाले गराएको प्रमुख डंगोलले जानकारी दिनु भयो । स्वाथ्य शिविरको उत्घाटन छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले गर्नु भएको थियो भने कार्यक्रममा छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गरुङ्ग खेवा, छथर जोरपाटी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष दिपक गरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।