पाख्रीबास ८ मा नयाँ स्वास्थ्य चौकी भवन निर्माण
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ मा नयाँ स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ ।
संघिय सरकार मार्फत प्राप्त ५७ लाख लागतका ४ कोठे एक तले स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । २०७९ चैत महिनाबाट निर्माण शूरु गरिएको भवनको अहिलेसम्म करिब ८० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ ।
पुरानो स्वास्थ्यचौकी भवन जीर्ण र साँघुरो भएपछि नयाँ भवन निर्माण गरिएको हो । वडाध्यक्ष गणेश राईका अनुसार भवन निर्माणका लागि स्थानिय देबेन्द्र राईले नि:शूल्क २ रोपनी जग्गा उपलब्ध गराउनुुभएको स्थानमा नयाँ भवन निर्माण गरिएको हो । अब भवनको झ्याल ढोका लगाउने,रंगरोगन गर्ने,टायल विछ्याउने लगायतका काम बाँकी रहेको उहाँले बताउनुुभयो ।
यो भवन निर्माणको काम यही असार मसान्तभित्र सक्नुपर्ने छ । यो भवन पूरानो भन्दा ठूलो र कोठाहरु वढी भएकोले सुविधायुक्त हुने जनाईएको छ ।





