तत्काल संसदीय समितिका सभापति चयन गर्ने समझदारी

काठमाडाँै, १९ असार (रासस) : तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने निर्णय गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताहरुले समितिका सभापति अविलम्ब चयन गर्ने प्रतिबद्धता जनाउनुभएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ, बजेट पारित भइसकेकाले अब हाम्रो ध्यान समिति गठनतिरै केन्द्रित भएको छ ।” छिट्टै समितिले नेतृत्व पाउने उहाँले बताउनुभयो । समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकहरु माथिको छलफल अगाडि बढ्न सकेका छैन ।

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल अघि बढाउन सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेतासँग परामर्श गर्नुभएको हो । सभामुख घिमिरेले सहमतिबाट तोक्न नसकिएका सभापति निर्वाचन प्रक्रियाबाट चयन हुने बताउनुभयो । संसदीय समितिलाई कसरी स्तरीय, प्रभावकारी र गतिशील बनाउने भन्ने बारेमा नेताहरुसँग सल्लाह मागेको उहाँले बताउनुभयो ।

“लामो समयदेखि संसदीय समितिको नेतृत्व चयन भएको छैन, ज्येष्ठ सांसदबाट समितिको अध्यक्षता गरेर काम भइरहेको छ । त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ, त्यसमा तपाइँहरुको केही सुझाव सल्लाह छ, निर्वाचन गर्नुहुन्छ कि सहमतिमा टुङ्ग्याउनुहुन्छ ? यसमा तपाइँहरुले प्रक्रिया थाल्नुभएन भने मैले स्टेप चाल्नुपर्ने हुन्छ”, सभामुख घिमिरेले भन्नुभयो ।

संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउनका लागि सभामुख घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी हुनुहुन्थ्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।