घिउ सक्कली हो कि नक्कली, कसरी चिन्ने ? यी चार तरिकाले परीक्षण गर्नुहोस्

घिउ स्वास्थ्यका लागि मात्रै नभई छाला र कपालका लागि पनि फाइदाजनक हुन्छ । यसै कारण धेरैजसो घरमा घिउको प्रयोग निकै साधारण हुन्छ । तर यदि तपाईं बजारबाट घिउ मगाउनुहुन्छ भने यो नक्कली पनि हुनसक्छ । नक्कली घिउको प्रयोग हानिकारक पनि हुनसक्छ । त्यसैले घिउ सक्कली हो कि नक्कली भनेर चिन्नुपर्छ ।

सक्कली घिउ महँगो हुने भएकोले व्यापारीले यसमा वनस्पति घिउ, आलु, सख्खर खण्ड, हाइड्रोजेनेटेड तेल वा नरिवलको तेल मिसाउन सक्छन् । यस्तोमा तपाईंले केही तरिका अपनाएर घिउ सक्कली हो कि नक्कली भनेर थाहा पाउन सक्नुहुन्छ । आउनुहोस् यो तरिकाबारे जानकारी लिऔँ ।

नुनको मद्दत लिनुहोस्

घिउ सक्कली हो कि नक्कली भनेर थाहा पाउनका लागि नुनको मद्दत लिन सक्नुहुन्छ । यसका लागि कुनै भाँडोमा एक चम्चा घिउ लिनुहोस् । अब यसमा आधा चम्चा नुन र हाइड्रोक्लोरिक एसिड मिसाउनुहोस् । त्यसपछि लगभग २० मिनेटका लागि यसलाई यत्तिकै छोड्नुहोस् । यतिबेला घिउको रङ परिवर्तन हुन्छ भने यो घिउ नक्कली हो । जबकी सक्कली घिउको रङ फेरिँदैन ।

पानी प्रयोग गर्नुहोस्

घिउ शुद्ध र मिसावटी चिन्नका लागि पानीको मद्दत लिन सकिन्छ । यसका लागि तपाईंले एक गिलास पानी लिनुहोस् र यसमा एक चम्चा घिउ हाल्नुहोस् । यदि घिउ पानीमाथि तैरन थाल्यो भने यो घिउ सक्कली हो । नक्कली घिउ पानीमा तैरनुको साटो डुब्छ ।

हातमा राखेर परीक्षण गर्नुहोस्

घिउको शुद्धता मापन गर्नका लागि तपाईंले यसलाई हातमा राखेर पनि हेर्न सक्नुहुन्छ । घिउलाई केही सेकेन्डका लागि हत्केलामा राख्दा घिउ पग्लन थाल्छ जबकी नक्कली घिउ यस्तो हुँदैन ।

रङले चिन्नुहोस्

घिउको रङ हेरेर पनि तपाईं यो सक्कली हो कि नक्कली भनेर चिन्न सक्नुहुन्छ । यसका लागि तपाईं एक चम्चा घिउ भाँडोमा हालेर तताउनुहोस् । घिउ पग्लिएर यसको रङ हल्का खैरो देखिन थाल्यो भने यो सक्कली हो भनेर बुझ्नुहोस् । नक्कली घिउ ढिलो गरी पग्लिनेछ र यसको रङ पनि पहेँलो हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖