सचिव व्यवस्थापनमा सकस, प्रम कार्यालयमा ९ जना, चार निकाय सचिवविहीन

काठमाडौं, साउन ४ । विभिन्न सचिवहरूले आकर्षक निकायमा जान दौडधुप गरेपछि सरकारलाई सचिव व्यवस्थापनमा सकस परेको छ । हाल विभिन्न चार निकाय सचिवविहीन अवस्थामा छन् । तर, सरकारले ती निकायमा लामो समयदेखि सचिव पठाउन सकेको छैन ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिव व्यवस्थापन गर्ने बताइए पनि कसलाई कहाँ लैजाने भन्नेमा सकस हुँदा सचिव व्यवस्थापन हुन सकेन । केही दिनअघि मात्रै बढुवा भएका दुईजना सचिवलाई जिम्मेवारी नदिँदा उनीहरू ‘बरण्डा’मा रहन बाध्य भएका छन् । सचिव व्यवस्थापन हुन नसक्दा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ९ जना सचिवहरू राखिएका छन् । तीमध्ये ४ जनालाई अतिरिक्त समूहमा राखिएको छ । अतिरिक्त समुहमा राखिएका घनश्याम उपाध्याय र लक्ष्मी बस्नेत केही दिनअघि मात्रै सचिवमा बढुवा भएका थिए। उनीहरू सचिवमा बढुवा भए पनि जिम्मेवारी दिइएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिव पद लामो समयदेखि रिक्त छ । यसै गरी मधेस प्रदेश, लुम्बिनी प्रदेश र राष्ट्रिय तथ्याङ्क कार्यालय पनि सचिवविहीन अवस्थामा रहेको छ । मधेस प्रदेशमा किशोर कुमार चौधरीलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ, जबकि, केन्द्रमा सचिवहरू अतिरिक्त समूहमा राखिएको छ ।

हालै बढुवा भएका सचिवहरूलाई प्रदेशको प्रमुख सचिवमा पठाइने र प्रदेशबाट केही सचिवलाई केन्द्रमा ल्याउने तयारी गरिएको भए पनि केही सचिवले फेरबदलमा रुचि राखेर दौडधुप थालेपछि कसलाई कहाँ लैजाने भन्नेमा अन्याल सिर्जना भएको छ । नेपाल समाचारपत्र दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖