फिफा महिला विश्वकपमा न्युजिल्यान्डकाे विजयी शुरुवात

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ ।

आज बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हरायाे । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा हाना विलकिनसनले गाेल गरिन् । याे जितसँगै समूह ‘ए’ मा रहेकाे न्युजिल्यान्डले ३ अङ्क जाेडेकाे छ ।

यस्तै आजै समूह ‘बी’ मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड खेल्ने छन् । सिड्नीमा रहेकाे स्टेडियम अस्ट्रेलियामा हुने यो खेल नेपाली समयअनुसार पाैने ४ बजे हुनेछ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।