काँकडभिट्टा नाकाको व्यापार घाटा रू २४ अर्बभन्दा बढी

झापा, ४ साउन (रासस) : गत आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजारभन्दा बढी छ ।

गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न देशबाट रू ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार बराबरको सामान आयात भएको छ भने सोही अवधिमा सो नाकाबाट जम्मा रू २२ अर्ब चार करोड १८ लाख ९३ हजार बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस नाकामार्फत बङ्गलादेशबाट रू पाँच अर्ब ६५ करोड २० लाख ६५ हजारको सामान आयात भएको छ भने रू ४७ करोड ११ लाख ५३ हजारको सामान निर्यात भएको छ । विगत पाँच वर्षदेखि यस नाकाबाट हुने बङ्गलादेशसँगको व्यापार घाटा भएको छ ।

साथै समीक्षा अवधिमा भुटानसँग रू एक अर्ब ५६ करोड ८८ लाख ३० हजार बराबरको सामान आयात भएको छ भने रू ५२ करोड दुई लाख ३६ हजार बराबरको निर्यात भएको छ । सोही अवधिमा भारतबाट रू ३३ अर्ब १८ करोड ८७ लाख ५६ हजारको सामान आयात भएको छ भने रू १९ अर्ब ८१ करोड २३ लाख ७१ हजार बराबरको निर्यात भएको छ ।

गत आवमा यस नाकाबाट चीनसँगको व्यापार घाटा भने शतप्रतिशत प्रतिशत छ । चीनबाट रू तीन अर्ब छ करोड १० लाख १२ हजारको सामान आयात हुँदा निर्यात शून्य छ ।

नेपालबाट अदुवा, अलैँची, चिया, अम्रिसो, फलाम तथा फलामका सामग्री, प्लाइउड, छुर्पी, दलहन, धातुका सामान, पिनालगायत वस्तु यी देशमा निर्यात हुँदै आएको छ । साथै यस नाकाबाट कोइला, पेट्रोलियम पदार्थ, पशुको आहाराको कच्च पदार्थ, जुट तथा जुटका उत्पादन, ड्राइफुट्स, भटमास, तोरी नरिवल, चिप्स, मार्बल, प्लास्टिकका कच्चापदार्थ, तरकारी, आलु, कपडालगायत सामान आयात हुने गरेको भन्सार कार्यालयको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।