बासमती बाहेकका चामल निर्यातमा भारतले रोक लगायो

काठमाण्डाै – भारतले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको विदेश व्यापार महानिर्देशनालयले हिजो एक सूचना निकालेर गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हाे ।

निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको र यो निर्णय तत्कालै लागू भएको महानिर्देशनालयको सूचनामा उल्लेख छ । तर यसअघि नै निर्यातका लागि लोड भइसकेको हकमा भने बाधा पुग्ने छैन ।

भारतमा धानको उत्पादन घट्ने प्रक्षेपणले चामलको मूल्य बढ्न थालेपछि सरकारले निर्यातमा प्रतिबन्ध लगाएको अनुमान छ । भारतले चामल निर्यात रोकेपछि नेपालमा पनि यसको असर पर्ने देखिन्छ । तर व्यवसायीले भारतको पछिल्लो निर्णयले खासै असर नपर्ने दाबी गरेका छन् ।

भारतबाट नेपालमा धेरै बासमती चामल आयात हुने गरेको र अहिले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएकाले असर नपर्ने उनीहरुको भनाइ छ । भारतबाट नेपालमा बर्सेनि अबौँको चामल आयात हुँदै आएको छ । गएको आर्थिक वर्ष २०७९/८० को ११ महिनामा भारतबाट ३३ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।