अवैध सुन प्रकरण : विमानस्थल भन्सार कार्यालयबाट ६ बाकस शंकास्पद सामान राजस्वको नियन्त्रणमा

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले ६ बाकस शंकास्पद सामान नियन्त्रणमा लिएको छ । बरामद सामान बुढानिलकण्ठस्थित ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’ ले कार्गोमार्फत ल्याएका हुन् ।

अनुसन्धानका लागि ६ बक्सा सामान राजस्व अनुसन्धान विभागको टोलीलाई जिम्मा लगाइएको त्रिभुवन विमानस्थलका निमित्त प्रमुख भन्सार प्रशासक नारद गौतमले रातोपाटीलाई बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ल्याउने कम्पनी हो –‘रेड ट्रेड प्रालि ।’ सोही कम्पनीको थप सामान भेटिएसँगै थप अवैध सुन ल्याएको आशंका गरिएको छ ।

असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत रेडी ट्रेडले ‘ब्रेक प्याड’ भनेर ल्याएको सामानमा सुन भेटिएको थियो । त्यसबारे सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

बरामद गरिएको शंकास्पद सामान खेलैना जस्तो देखिएको र त्यसमा सुन भएको आशंका गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

रेडी ट्रेड प्रालिले मगाएको ब्रेक प्याडभित्र लुकाएको अवस्थामा करिब ८० देखि १ सय किलो सुन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । बरामद सुनको यकिन तौल आइसकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।