महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई तीन गोलले हरायो

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई हराएको छ । आज बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा भियतनाम अमेरिकासँग ३–० ले पराजित भयो ।

अमेरिकाका सोफिया स्मिथले २ तथा लिन्डसे होरानले एक गोल गरे । जितसँगै अमेरिकाले तीन अंक जोडेको छ । आज अरु तीन खेल हुँदैछन् । समूह ‘सी’ को जापान र जाम्बियाबीच दिउँसो पौने १ बजे खेल हुनेछ । त्यस्तै समूह ‘डी’ को इंग्ल्याण्ड र हैटीबीच दिउँसो सवा ३ बजे तथा समूह ‘डी’ कै चीन र डेनमार्कबीच बेलुका पौने ६ बजे खेल हुनेछ ।

महिला विश्वकपमा हिजो भएको खेलमा स्पेन र स्विजरल्याण्ड विजयी हुँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका थिए । अस्तीदेखि सुरु भएको महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।