गृहमन्त्री हुँदा सुन तस्करीमा संलग्नता रहेको आरोप लागेपछि वामदेव फायर

काठमाडौं, ६ साउन । नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले गृहमन्त्री हुँदा सुन तस्करीमा संलग्न रहेको अरोप लगाएर चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा साक्षत्कारका लागि आयोजना गरेको एक कार्यक्रममा बोल्दै गौतमले सुन तस्करीमा संलग्नता रहेको तथ्य प्रमाणसहित ल्याएर आफूलाई जेल हाल्न चुनौति दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले हिजो (शु्क्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा सुन तस्करीमा पञ्चायती कालमा दरबार संलग्न रहेको र त्यसपछि गिरिजादेखि वामदेवसम्म कोही पनि अछुतो नरहेको बताएका थिए ।

सोही प्रसंगलाई जोड्दै उनले भने, ‘तस्करी भएको हो भने ल्याउन पर्यो । प्रमाणित गर्न पर्यो । उहाँले जे बोल्नु भएको छ, सबैभन्दा पहिले त्यसबेलाको मेरो सचिव, आईजिपी, त्यसबेलाका अनुधसन्धान प्रमुखहरु संलग्न छन् । उहाँ प्रहरी हो । उहाँ पनि खट्नु भएको थियो त्यहाँ ? ध्रुबबहादुर प्रधान हटेपछि फेरि अच्युतकृष्ण खरेल आईजिपी भएर आउनु भएको थियो । उहाँले किन छानविन गर्नु भएन ? किन मलाई हत्कडी लगाएर जेल पठाउने काम गर्नुभएन ? रमेश खरेलले चरित्र हत्या गर्नेबाहेक अरु केही गर्नु भएको छैन । मलाई बाध्य गराईएको थियो रमेश खरेललाई हटाएर ध्रुबबहादुर प्रधानलाई आईजिपी बनाउनको निम्ति मैले त्यही काम गरे पार्टीले निर्णय गरेको थियो । पार्टीका नेताहरुले मलाई निर्देशन दिनुभएको थियो । त्यसबेला रमेश खरेलले भन्दै हिँडेका थिए वामदेवलाई जहाँ भेटेपनि यो रिभल्बरले ठोकेर मार्छु । मैले बोकेर सुन ल्याउने अनि भन्सार कटाउने काम गरेको थिएँ ? अब वामदेवको पक्षमा कोही छैन भनेर बहुलाएर विरोध गरेर पत्यार लाग्ने हुन्छ ? बाहिर भन्दै हिड्ने होईन, तथ्य प्रमाणसहित अदालतमा जाउ, मलाई जेल हाल ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।