भारतीय कप्तानको रवैयाबाट बंगलादेशी कप्तान दुःखी

काठमाडौँ । तेस्रो तथा निर्णायक महिला एकदिवसीय क्रिकेटमा भारतीय टोलीकी कप्तान हरमनप्रित कौरले गरेको अभद्र ब्यवहारको विषयलाई लिएर घरेलु टोली बंगलादेशकी कप्तान निगार सुल्तानले पनि जवाफ फर्काएकी छन् ।

ढाकामा सम्पन्न भारत र बंगलादेशबीचको तेस्रो एकदिवसीय खेल बराबरीमा सकिएको थियो । घरेलु टोली बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर दुई सय २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतीय टोलीले पनि ४९.३ ओभरमा अलआउट हुनुअघि दुई सय २५ रनमात्र बनाउन सकेको थियो ।

उक्त नतिजापछि तीन खेलको शृंखला पनि १—१ को बराबरीमा सकिएको थियो । शनिबार यी दुई टोलीबीच तेस्रो तथा निर्णायक खेल हुँदै थियो । खेलका क्रममा भारतीय टोलीकी कप्तान हरमनप्रित कौर क्याच आउट भएकी थिइन् ।

महत्वपूर्ण क्षणमा आफू क्याच आउट भएपछि भारतीय टोलीकी कप्तान आक्रोसित बन्न पुगिन् । उनले अम्पायरको निणर्यमाथि नै प्रश्न उठाएकी थिइन् । उनको रिस त्यतिले मात्र शान्त भएन । निरन्तर अम्पायरको निणर्यमाथि प्रश्न उठाउँदै उनले आफूले बोकेको ब्याटले स्पम्पलाई जोडले हिर्काइन् ।

खेल सकिएपछि पनि भारतीय टोलीकी कप्तान हरमनप्रित कौरको रिस शान्त भएको थिएन । खेल सकिएपछि उनले सार्वजनिक अभिब्यक्ति दिँदै अम्पायरले गलत निणर्य दिएको आरोप लगाइन् । उनले आफूलाई क्याच आउट दिने अम्पायरको निणर्य ‘निराशाजनक’ भएको बताइन् ।

त्यसपछि बंगलादेशका खेलाडीहरु पनि चुपचाप मैदानबाट बाहिरिएका थिए । बंगलादेशका खेलाडीहरु ट्रफीसहित तस्बिर खिचाउनबाट पनि तर्किएका थिए । भारतीय टोलीकी कप्तानको अशोभनीय ब्यवहारकै कारण यस्तो स्थिति सृजना भएको समाचारमा जनाइएको छ ।

सोही विषयलाई लिएर बंगलादेशकी कप्तान निगार सुल्तानाले आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । बंगलादेशकी कप्तानले खेलका क्रममा र खेलपछि पनि भारतीय टोलीकी कप्तानको रवैया ठिक नभएको बताएकी छन् । भारतीय टोलीकी कप्तानको रवैया केही राम्रो हुनुपर्ने धारणा निगार सुल्तानाले ब्यक्त गरेकी छन् ।

‘उनले (भारतीय कप्तानले) जे गरिन् त्यो उनको विषय हो । उनले जे बोलिन् त्यो पनि उनको शब्द थियो । म एउटा खेलाडीको रुपमा केवल यति भन्न सक्छु कि, उनले केही राम्रो ब्यवहार देखाउन सक्नुपरथ्यो,’ आफूलाई सोधिएको एक प्रश्नको जवाफमा निगार सुल्तानाले भनेकी छन् ।

हरमनप्रित कौरकै ब्यवहारका कारण आफूहरु खेल सकिएलगत्तै चुपचाप मैदानबाट बाहिरिएको पनि उनले बताएकी छन् । ‘भारतीय कप्तानले बोलेका केही शब्द सुनेपछि मैले आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिनु नै उचित सम्झिएँ,’ उनले भनेकी छन्, ‘क्रिकेटलाई अनुशासित र सम्मानित खेल मानिन्छ । तर, हामीले मैदानमा त्यो अनुभव गर्न पाइनौं । त्यहाँको अवस्था फरक थियो ।’

ढाका ट्रिब्यूनको समाचार अनुसार, फोटो सेशनका क्रममा हरमनप्रित कौर बंगलादेशी कप्तानसँग नभई अम्पायरसँग आक्रोसित बनेकी थिइन् । तर, बंगलादेशी कप्तान निगार सुल्तानाले भने अम्पायरको भूमिकाको पनि प्रतिरक्षा गरेकी छन् ।

‘यदि हरमनप्रित कौर आउट नभएको भए अम्पायरले त्यस्तो गलत निणर्य किन दिन्थे होलान् ? त्यहाँ अम्पायरिङ गरिरहेका ब्यक्ति निकै अनुभवी थिए । उनले पुरुषको प्रतियोगितामा पनि अम्पायरिङ गरेका छन् । उनले हाम्रा खेलाडीलाई पनि आउट दिएका थिए । तर, हामीले कुनै आपत्ति जनाएनौं,’ उनले भनेकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।