एक व्यक्तिले घरको पाँचौं तल्लामा गाई पालेपछि हंगामा

बेइजिङ । चीनको एउटा फ्ल्याटमा एउटा अनौठो घटना भेटिएको छ, जुन चर्चाको विषय बनेको छ । वास्तवमा यहाँ एक व्यक्तिले आफ्नो भवनको पाँचौं तल्लामा गाई पालेका छन् । जसलाई देखेर मानिसहरु आश्चर्य व्यक्त गरिरहेका छन् ।

चाखलाग्दो कुरा के छ भने चिनियाँ व्यक्तिले आफ्नो बालकनीमा धेरै गाईवस्तु राखेका छन् । जसको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार यो घटना दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको हो, जहाँ एक चिनियाँ व्यक्तिले एउटा बहुतले भवनको पाँचौं तल्लामा सातवटा गाई र बाछा राखेका छन् ।

भाइरल तस्विरमा यी सबै गाईवस्तुले आफ्नो चारा खाइरहेको देख्न सकिन्छ । चीनमा प्रयोग भएको टिकटक जस्ता एपमा घटनाको भिडियो शेयर गरिएको छ, जसलाई ४० लाख पटक हेरिएको छ ।

साउथ चाइना मर्निङ पोस्टले स्थानीय बासिन्दालाई उद्धृत गर्दै गाईहरू आवासीय कम्प्लेक्समा एक दिनसम्म फ्ल्याटमा बसेको बताएको छ। त्यसपछि छिमेकीले हतास गर्न थाले । सो घटनाको गति लिएको देखेर स्थानिय चिनिया अअधिकारीहरूले तुरुन्तै संवेदनशिल भए र त्यो ठाउँमा पुगे । त्यसपछि चिनियाँ व्यक्तिका ती आफ्नो गाईवस्तुलाई अन्यत्र सारिएको थियो ।

खासमा सँगै रहेको फ्ल्याटमा बाछो आएका कारण दुर्गन्ध फैलिएको छिमेकीले गुनासो गरेका थिइ । गाईवस्तुको आवाजले धेरै समस्या निम्त्याइरहेको भनेर उजुरी गरे पछि सुरक्षा अधिकारीहरु त्यो घरमा आएका थिए ।

सो घटनाबारे साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै एक व्यक्तिले भने, ‘मलाई पक्का विश्वास छ कि गाईवस्तुले एक दिन भवनमा बस्न पाउनेछन् भन्ने सोचेका पनि थिएनन् तर उनीहरु यस भवनमा एकदिन भए पनि बस्न पाए ।

अर्कोतर्फ अर्का एक व्यक्तिले भने, ‘यति सानो बालकनीमा राखेर बाछालाई यातना दिइएको थियो। यस्तो पागलपन सबैको लागि खतरनाक छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।